अनिल अधिकारी | असार २०, काठमाडौँ | गत पुस १४ गते बहराइन पठाउने क्रममा चर्को लागत अशुलीको उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अनिल अधिकारी | असार २०, काठमाडौँ | गत पुस १४ गते बहराइन पठाउने क्रममा चर्को लागत अशुलीको उ"/>
२३ मंसिर २०८२, सोमबार
काठमाडौँ - KTM

एजेन्टहरुको भुमरीमा वैदेशिक रोजगार, बिभागभन्दा एजेन्ट शक्तिशाली ! (भिडियो सहित)

२१ असार २०७८, सोमबार ०३:१८

अनिल अधिकारी | असार २०, काठमाडौँ |
गत
पुस १४ गते बहराइन पठाउने क्रममा चर्को लागत अशुलीको उजुरी परेपछि  बैदेशिक रोजगार बिभागले बसुन्धरा स्थित ग्रोथ
प्रोसेस म्यानपावरमा छापा मारेको थियो । सो क्रममा बिभागले शुल्क नलिई बहराइन
उडाउन निर्देशन दिएपछि वैदेशिक रोजगारमा गएका पाँच जना युवाहरुसँग ६ महिनापछि
कम्पनीले तलबबाट पैसा काटिदिएको छ ।

पिडितहरुलाई गत पुसमा काठमाडौँको एक्सिस
पार्टनर नेपाल प्रा.लि. म्यानपावरबाट श्रम स्वीकृति निकालेर बादल दंगाली नाम गरेका
एजेन्टले प्रदिप भण्डारी भन्ने व्यक्तिलाई प्रयोग गरेर बसुन्धरास्थित ग्रोथ
प्रोसेस इन्टरनेशनल इम्प्लोईमेन्ट प्रा.लि.बाट २ लाख ६२ हजार नगद सहित अशुली गर्दै
गर्दा बिभागले छापा मारेको थियो । बहराइन जान लागेका पाँच जना कल बहादुर गोले
,
कालुमान
राई
, सिमा तामाङ, एम बहादुर सुनार सुशील
थिङसँग १ लाख ३० हजारका दरले रकम मागिएको थियो । जसमध्य ५०/५० हजार उनिहरुले
एजेन्ट दंगालीलाई अग्रिम दिईसकेका थिए । पिडितहरुले होटलमा तिर्न बाँकी पैसा र
एयरपोर्टसम्म पुग्ने पैसा समेत नभएको भन्दै बाँकी पैसामा प्रतिव्यक्ति १/१ हजार
छुट माग्दा पनि नदिएपछि चर्को अशुली विरुद्ध बिभागमा उजुरी दिन पुगेका थिए ।
विभागले छापा मारेपछि फ्री भिसा फ्री टिकटको नीति अनुसार पिडितहरु बाँकी पैसा
नतिरी बहराइन पुगेका थिए ।


तर बहराइनस्थित कम्पनीले ६ महिनापछिको तलब
दिँदा १६० बिडी (नेपाली करिव ५० हजार)को दरले पाँचै जनाको पैसा काटिदिएको
पिडितहरुले बताएका छन् । बहराइनको
ABDUL AZIZ AL-SAYED CONTRACTING &
TRADING CO. W.L.L कम्पनीमा पठाउने क्रममा कम्पनी संचालकका भाई र एकाउन्टेट
पदमा कार्यरत बंगालादेसका नागरिक लुकमान अलीले सोहि कम्पनीमा सेक्युरिटी गार्ड
पदमा कार्यरत शेरबहादुर नाम गरेका नेपालीसँग मिलेर कम्पनीको डिमाण्डमा नेपाली
कामदार लाने क्रममा ४०/४० हजार कमिसन लिने गरेको बताइएको छ । त्यहि ४० हजार तिरेर
एक्सिस पार्टनर नेपालले एकाउन्टेट अलिसँग डिमाण्ड किनेको हुनसक्ने बुझिएको छ ।
एजेन्ट दंगालीलेले नेपालबाट सोहि कम्पनीमा जाने नेपालीहरुलाई प्रतिव्यक्ति अशुली
गरेको पैसा मध्ये ४० हजार (कमिसन) कामदारको साथैमा सेक्युरिटीमा कार्यरत
शेरबहादुरलाई दिन भन्दै पठाउने गरेको सोहि कम्पनीमा कार्यरत नेपालीहरुले बताएका
छन् । एजेन्ट शेरबहादुरका अनुसार कम्पनी संचालकका भाईले प्रतिकामदार ८० बिडी,
बंगाली एजेन्ट लुकमान अलीले प्रति कामदार २० बिडी र शेरबहादुर नाम गरेका नेपाली एजेन्टले
प्रति कामदार २० बिडी भाग लगाएर जति कामदार उक्त कम्पनीमा जान्छन् त्यसै अनुसार
कमिसन लिदै आएका छन् । यसरी म्यानपावर तथा एजेन्टले प्रति कामदार ४० हजार बहराइनमै
पठाउने गरेको खुलाशा भएको छ ।

यस क्रियाकलापले एजेन्ट तथा म्यानपावरले
सम्बन्धित कम्पनीमा पठाउने क्रममा कम्पनीका एजेन्टलाईनै प्रतिव्यक्ति ४० हजार
रुपयाँ बुझाउने सर्तमा डिमाण्ड किनेको स्पस्ट भएको छ । कम्पनीले फ्री भिसा फ्री
टिकट दिएको भए पनि अली र नेपाली सेक्युरिटी गार्ड मिलेर ४० हजार कमिसन लिएको,
टिकटको पैसा समेत कम्पनीले नदिएको कारण एजेन्ट र म्यानपावरले आफ्नो फाइदा समेत
राखेर १ लाख ३० हजारको दरले अशुलेको हुनसक्ने सम्बन्धित कम्पनीमा कार्यरत नेपालीको
आशंका छ । सोहि कम्पनीमा जाने क्रममा प्रतिकामदार १ लाख ३० हजार बुझाउने क्रममा
१/१ हजारको कुरा नमिल्दा पाँच जना नेपालीहरुले बिभागमा उजुरी दिएका थिए ।

बहराइन पुगेका नेपालीहरुले बिभागको कारवाहीपछि अहिले कम्पनीले आफ्नो
तलबबाट कमिसन काटेको बताएका छन्
। पिडित मध्यका कालुमान राईले भने
‘बिभागले न्याय दियो भनौं भने के भनौं ! अग्रिम तिरेको ५० हजार फिर्ता दिलाउन
सकेको छैन । त्यसमा पनि तलबबाट प्रतिव्यक्ति १६० बिडी काटिदियो । बाँकी तलबले खाना
खर्च टार्ने कि घर पठाउने अफ्ट्यारो पर्यो ।‘ पिडितहरुको अनुसार उनिहरुलाई बहराइन
पठाउने नेपालका एजेन्ट बादल दंगालीको आग्रहमा कम्पनीका एजेन्टले उनिहरुको १६०
बहराइन दिनारको दरले काट्न लगाएका हुन् ।

बिभागले आफूहरुसँग म्यानपावरले अग्रिम अशुलेको
पैसा समेत फिर्ता दिलाउन नसकेको पिडितहरुको दुखेसो छ । राईले भने ‘बिभागले हाम्रो
लागि तत्काल छापा मारेर न्याय गरेको थियो तर अहिले यता हाम्रो तलबबाट पैसा काटेपछि
लाग्दैछ, बिभागभन्दा म्यानपावर तथा एजेन्टनै बलियो हुँदा रहेछन् । जसरी पनि चर्को
लागत अशुली छाडे । फ्री भिसा फ्री टिकट नाम मात्रको रहेछ । नेपालको सम्बन्धित
निकायहरुको कमजोरीको फाइदा एजेन्टहरुले लिईरहेका रहेछन् ।‘ कम्पनीबाट तलब समेत
नगदमा पाएको पिडितहरुले बताएका छन् । दैनिक ओभरटाइम समेत गरेर निकै दु:खको साथ
कमाएको तलब समेत काटेर रिसिभ माग्दा समेत नदिएको पिडितहरुको दुखेसो छ । यस
सम्बन्धि भिडीयो तल हेर्न सक्नुहुन्छ ।

उक्त कम्पनीमा हाल झन्डै ३०० जना नेपाली
कामदारहरु कार्यरत छन् । उनिहरु मध्ये अधिकांशले १ लाख ३० हजार भन्दा बढी तिरेका
छन् । यसै समाचारको अन्तिममा सार्वजनिक भएको भिडियोले पनि सम्बन्धित कम्पनीले
कामदार लैजादा फ्री भिसा/टिकट नदिएको सम्बन्धित कम्पनीका एकाउन्टेन्ट लुकमान अलीले
बताईरहेका छन् । त्यसो त उक्त कम्पनीले कामदारहरुको दुई महिनाको तलब होल्ड गरेर
मात्र तलब दिने गरेको छ । पछिल्लो समय उक्त कम्पनीबाट नेपाल फिर्ता भएका केहि
नेपालीहरुलाई कम्पनीले चार महिनासम्म काम नदिएर फर्काएको पिडितहरुले बताएका छन् ।

सम्बन्धित भिडियो:

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो