२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्कनेलाई क्वारेन्टिन राख्न ११० होटेल तोकिए, खर्च आँफै व्यहोर्नुपर्ने

२०७८, २२ असार मंगलवार ०४:३९

असार २२, काठमाडौं । सरकारले विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिन राख्नका लागि कुल ११० वटा होटेललाई अनुमति दिएको छ । पर्यटन विभागमा दर्ता भएका २७ र बागमती प्रदेश उपत्यका पर्यटन कार्यालयमा दर्ता भएका ८३ गरि कुल ११० होटेल क्वारेन्टिनका रुपमा तोकिएको विभागले जनाएको छ ।

विभागको होटेल शाखाले आइतबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा होटेलको सूची बुझाएको हो । नेपाल सरकारले जारी गरेको पछिल्लो विदेशबाट नेपाल आगमन हुने यात्रुको व्यवस्थापन सम्बन्धी आदेश-२०७८ मा होटेल क्वारेन्टिनको व्यवस्थापनको जिम्मा पर्यटन बोर्डलाई दिएको छ । यसअघि यो काम नेपाल पर्यटन बोर्डसमेतको सहभागितामा गरिएको थियो ।

पाँचतारेदेखि पर्यटकस्तरीय होटेलसम्म

विभागका अनुसार यसरी तोकिएका होटेलमा पाँचतारे होटेल र रिर्सोटदेखि पर्यटक स्तरीय होटेल समेत छन् । विभागको तथ्याङ्क अनुसार हायात रिजेन्सी, द सोल्टी काठमाडौं, काठमाडौं मेरियट होटेल र र्‍याडिसन गरि चार वटा पाँचतारे होटेलले क्वारेन्टिनमा बस्ने यात्रु राख्ने छन् । गोकर्ण फरेष्ट रिर्सोट, क्लव हिमालय (नगरकोट), समिट होटेल र एयरर्पोट होटेलसमेत सूचीमा समावेश छन् ।

सरकारले निश्चित गन्तब्य तोकेर अन्तराष्ट्रिय हवाई यात्रा खुला गरेको छ । जसअनुसार विदेशमा खोप नलगाई आउने यात्रुले नेपालमा क्वारेन्टिन बस्नु पर्छ । खाडी मुलुकबाट आउने यात्रुले होटेल बुकिङ नगरेपनि नेपाल आउन दिइन्छ । तर, उनीहरु नेपाल आइसकेपछि भने तोकिएका होटेलमा आफ्नै खर्चमा क्वारेन्टिन बस्नु पर्छ ।  वैदेशिक रोजगारीबाट र्फकनेहरुले ५ दिनपछि पिसिआर परीक्षण गरी नेगेटिभ रिर्पोट आएमा घर-गन्तब्यमा जान पाउँछन् ।

हेर्नुहोस् होटलको सूची 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित