२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा नेपाली कामदारको माग बढ्यो, एकै पदमा मासिक ७ लाख तलब

२४ असार २०७८, बिहीबार ०६:१७

असार २४, काठमाडौँ । कोभिड-१९ महामारीका बीच पनि साउदी अरवमा नेपाली कामदारको माग बढेको छ । कोभिड -१९ महामारीका बीच पनि साउदीमा रोजगारदाताको प्राथमिकतामा नेपाली कामदार परेकोले माग बढ्दै गएको साउदीका लागि श्रम काउन्शिलर जीवन राइले बताए । 

वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको एक कार्यक्रममा बोल्दै राईले भने, ‘हालसम्म ३६ सय फाइलबाट ३५ हजार नेपाली ल्याउनका लागि मागपत्र प्रमाणीकरण भएको छ, रोजगारदाताले नेपाली कामदारमा लिन इच्छुक रहेकोले पनि नेपालीको माग उच्च छ।’ साउदीमा दक्ष कामदारको माग बढेको र हालै २१ हजार रियाल मासिक करीब सात लाखसम्म तलव पाउने कम्प्युटर प्रोग्रामरको माग पनि आएको भन्दै राईले भविष्यमा अदक्षभन्दा दक्ष र प्राविधिकरुपमा दक्ष कामदारको मागबढ्न सक्ने आँकलन गरिएको बताए । हाल साउदीमा माग भएका कामदारमा ‘लेबर कोटा’ बढी रहेको उनले बताए । भविष्यमा सीपयुक्त र दक्ष कामदार आपूर्ति गर्न सकिएमा श्रमिक सम्बन्धि समस्या कम आउने साथै रेमिटेन्स वृद्धि गर्नमा पनि मद्दत मिल्ने उनको भनाई छ । 

साउदी जान चाहने नेपालीले त्यहाँको सरकारले तोकेको होटलमा क्वारेन्टाइनमा ७ दिन बस्नुपर्ने बाध्यता छ । साउदी जानेहरुको लागि सयभन्दा बढी संस्थागत क्वारेन्टाइन तोकिएको साथै खर्च रोजगारदाताले व्यहोर्नुपर्ने व्यवस्था रहेको उनले बताए ।

सरकारले नियमित हवाई उडान शुरु नगरेको समयमा साउदीमा रोकिएका २५ जना कामदारको शव नेपाल पठाउन सकिएको छैन उनले भने 'वाइडबढी जहाज आएमा २ वटा फ्लाइटमा सबै शव पठाउन सकिने थियो तर न्यारोबढीको जहाजले मात्र साउदीको उडान भरेको हुनाले एउटा फ्लाइटमा बढीमा २ वटा शव पठाउन सकिएको छ ।'


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो