२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार जाँदै हुनुहुन्छ ? ‘कोरोना विरुद्धको दुवै डोज खोप लगाएर गए क्वरेण्टीनमा बस्नु पर्दैन’

२५ असार २०७८, शुक्रबार ०६:२८

असार २५, काठमाडौँ । कोरोना विरुद्धको दुवै मात्र खोप लगाएर कतार गएका यात्रुले क्वरेण्टीन बस्न नपर्ने भएको छ । कतार सरकारले पछिल्लो समय आफ्नो यात्रा नीतिलाई परिवर्तन गर्दै कोरोना विरुद्धको खोप लगाएर आउनेहरूले क्वरेण्टीनमा बस्न नपर्ने नियम ल्याएको हो । जुलाई १२ अर्थात् असार २८ गतेदेखि कतार सरकारको यो निर्णय कार्यान्वयनमा आउने छ ।

कतारले देशहरूलाई हरियो, पहेँलो र रातो गरी तीन वर्गमा विभाजन गरेको छ । रातो सुचीमा परेका देशबाट जाने यात्रुहरूले भने कतार पुगेपछि पीसीआर परीक्षण गर्नुपर्छ । कतार जानेहरूले कतार पुग्नुभन्दा १२ घण्टा अघि "Ehteraz" वेवसाइट (WWW.EHTERAZ.GOV.QA) मा सम्पूर्ण कागजातसहित विवरणहरू भर्नुपर्छ ।

कतारले फाइजर, मोडेर्ना, कोभिसिल्ड, जोन्सन एण्ड जोन्सनलाई मान्यता दिएको छ । यसै गरी चिनिया कम्पनी सिनोभ्याकद्दारा उत्पादित भेरोसेल (कोरोनाभ्याक) तथा सिनोफार्मद्दारा उत्पादित खोपलाई केही सर्त सहित मान्यता दिएको छ ।

भेरोसेल लगाएकाहरुको कतार पुगिसकेपछि एण्टीबडी परीक्षण हुन्छ । परीक्षणमा एण्टीबडी विकास भएको देखिएमा क्वरेण्टीनमा बस्न पर्दैन । एण्टीबडी विकास भएको नदेखिएमा क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाइएको छ ।

यसै गरी पूर्ण खोप लगाएको १४ दिन नकटेको भएमा, एक मात्रा मात्र लगाएको भएमा(जोन्सन एण्ड जोन्सन बाहेक) क्वरेण्टीनमा बस्नु पर्ने कतारले जनाएको छ ।

रातो सुचीमा परेका देशबाट खोप नलगाई जाने यात्रुले भने १० दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्छ । उनीहरूले कतार पुगेपछि र क्वरेण्टीनको ९ औँ दिनमा आफ्नै खर्चमा पीसीआर परीक्षण गर्नुपर्छ । पीसीआर परीक्षण नेगेटिभ आएमा १० औँ दिनमा आफ्नो गन्तव्यमा जान सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो