२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार जाँदै हुनुहुन्छ ? ‘कोरोना विरुद्धको दुवै डोज खोप लगाएर गए क्वरेण्टीनमा बस्नु पर्दैन’

२०७८, २५ असार शुक्रबार ०६:२८

असार २५, काठमाडौँ । कोरोना विरुद्धको दुवै मात्र खोप लगाएर कतार गएका यात्रुले क्वरेण्टीन बस्न नपर्ने भएको छ । कतार सरकारले पछिल्लो समय आफ्नो यात्रा नीतिलाई परिवर्तन गर्दै कोरोना विरुद्धको खोप लगाएर आउनेहरूले क्वरेण्टीनमा बस्न नपर्ने नियम ल्याएको हो । जुलाई १२ अर्थात् असार २८ गतेदेखि कतार सरकारको यो निर्णय कार्यान्वयनमा आउने छ ।

कतारले देशहरूलाई हरियो, पहेँलो र रातो गरी तीन वर्गमा विभाजन गरेको छ । रातो सुचीमा परेका देशबाट जाने यात्रुहरूले भने कतार पुगेपछि पीसीआर परीक्षण गर्नुपर्छ । कतार जानेहरूले कतार पुग्नुभन्दा १२ घण्टा अघि "Ehteraz" वेवसाइट (WWW.EHTERAZ.GOV.QA) मा सम्पूर्ण कागजातसहित विवरणहरू भर्नुपर्छ ।

कतारले फाइजर, मोडेर्ना, कोभिसिल्ड, जोन्सन एण्ड जोन्सनलाई मान्यता दिएको छ । यसै गरी चिनिया कम्पनी सिनोभ्याकद्दारा उत्पादित भेरोसेल (कोरोनाभ्याक) तथा सिनोफार्मद्दारा उत्पादित खोपलाई केही सर्त सहित मान्यता दिएको छ ।

भेरोसेल लगाएकाहरुको कतार पुगिसकेपछि एण्टीबडी परीक्षण हुन्छ । परीक्षणमा एण्टीबडी विकास भएको देखिएमा क्वरेण्टीनमा बस्न पर्दैन । एण्टीबडी विकास भएको नदेखिएमा क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाइएको छ ।

यसै गरी पूर्ण खोप लगाएको १४ दिन नकटेको भएमा, एक मात्रा मात्र लगाएको भएमा(जोन्सन एण्ड जोन्सन बाहेक) क्वरेण्टीनमा बस्नु पर्ने कतारले जनाएको छ ।

रातो सुचीमा परेका देशबाट खोप नलगाई जाने यात्रुले भने १० दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्छ । उनीहरूले कतार पुगेपछि र क्वरेण्टीनको ९ औँ दिनमा आफ्नै खर्चमा पीसीआर परीक्षण गर्नुपर्छ । पीसीआर परीक्षण नेगेटिभ आएमा १० औँ दिनमा आफ्नो गन्तव्यमा जान सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित