२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोमबारदेखि कतार प्रवेशमा नयाँ नियम लागू हुँदै

२०७८, २७ असार आईतवार ०२:४१

असार २७, काठमाडौँ | सोमबारदेखि कतारले आफ्नो देश प्रवेशमा नयाँ नियम लागू गर्दैछ । यस सम्बन्धि घोषणा गत हप्तानै भईसकेको छ ।

नयाँ नियमसंगै अब कतारले पारिवारिक र पर्यटक भिसा पनि जारी गर्ने भएको छ । कतार यात्रा सम्बन्धी प्रावधानभित्र रहेर सोमबारदेखि विदेशीले पारिवारिक र पर्यटक भिसा पाउनेछन् । कतारले सोमबारदेखि लागू हुने गरी क्वारेन्टिन सम्बन्धी नयाँ नियम बनाएको छ । अब कतारले तोकेका कोभिडविरुद्धको खोपको दुबै डोज लगाइसकेका यात्रुले कतारमा होटेल वा होम क्वारेन्टिन बस्नु पर्दैन । कतारमा फाइजर, मोर्डेना, जोन्सोन एन्ड जोन्सोन, एस्ट्राजेनिका खोपलाई मान्यता दिईएको छ । 

नियम अनुसार कतार प्रवेश गर्नेले कतारमा मान्यता प्राप्त खोपको एक डोज मात्रै भएपनि लगाएको अवस्थामा होटेल क्वारेन्टिन बस्नु पर्दैन । त्यस्तै सानो बच्चा भएको परिवारले बाबु आमामध्ये कुनै एकजनासँग यात्रा गर्दा अभिभावकले खोपको दुवै डोज लगाइसकेको अवस्था भए बच्चाले समेत खोप लगाएको मानिने निर्णय गरेको छ । कतारले मान्यता नदिएको खोप लगाउनेहरुले भने अनिवार्य १० दिन होटल क्वारेन्टिन बस्नुपर्नेछ ।


कतारको सूचीमा खतरा कम रहेको देश 'ग्रीन जोन'मा पर्ने मुलुकबाट कतार प्रवेश गर्नेले आफ्नो मुलुकमा १० दिन होटेल क्वारेन्टिन बसेर कतार प्रवेश गरेको भन्ने प्रमाण पेश गरेमात्र कतार प्रवेशको अनुमति पाउनेछन् । यस्तो अवस्थामा पनि क्वारेन्टाइन भने बस्नुपर्छ । नियम अनुसार खोप नलगाएको अवस्थामा ग्रीन जोनबाट गएको भए ५ दिन, एल्लो जोनबाट गएको भए ७ दिन क्वारेनटाइन बस्नुपर्छ । 

नेपाल हाल कतारको 'रेड जोन'मा छ । जसलाई उच्च जोखिम भएको देशको आधारमा  'रेड जोन'मा राखिएको हो । रेड जोनमा रहेका मुलुकबाट कतार प्रवेश गर्नेहरुको विमानस्थलमा पीसीआर गरिन्छ । साथै 'रेड जोन' मा परेकाहरुले कतारले मान्यता दिएको खोप नलगाई गएको भए १० दिन क्वारेन्टाइन बस्नुपर्छ । त्यस्तै कतार प्रवेश अघि ७२ घण्टाभित्र कोरोना परीक्षण नेगेटिभ भएको प्रमाण समेत पेश गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता