२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बढ्दै रेमिट्यान्स

१३ श्रावण २०७८, बुधबार ०१:५७

 साउन १३,  काठमाडौं । कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेमिट्यान्स (विप्रेषण) मा भने कुनै प्रभाव परेको छैन। ०७६ चैतपछि वैदेशिक रोजगारीको क्षेत्र प्रभावित बनेको छ। छिटफुट संख्यामा केही युवा वैदेशिक रोजगारीमा जान सफल भए पनि अधिकांश गन्तव्य मुलुकले रोजगारीका लागि श्रमिकलाई  बोलाएको छैन। 

कोभिड अघिसम्म बर्सेनि ५ लाख युवा वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुक पुग्ने गरेका थिए। कोभिडपछि वैदेशिक रोजगारमा जानेको संख्या घटेर १ लाखमा झरेको छ। 

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले औपचारिक क्षेत्रबाट आउन थालेकाले रेमिट्यान्सको परिमाण बढेको बताए। ‘पहिला हुन्डीबाट आउँथ्यो, अहिले बैंकिङ तथा रेमिट कम्पनीबाट आउन थालेको छ,’ उनले भने,‘यसले गर्दा परिमाण बढेको हो।’ 

गन्तव्य देशमा अझै धेरै नेपाली कार्यरत छन्। उनीहरूले थप परिश्रम गरी घरमा पैसा पठाएकाले रेमिट्यान्सको परिमाण बढ्दो देखिएको प्रवक्ता ढकालले बताए। 

वैदेशिक रोजगार विभागका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोभिड भाइरसबाट वैदेशिक रोजगार प्रभावित हुँदा वैदेशिक रोजगारीमा जानेको संख्या औसतमा ७० प्रतिशतले कमी आएको छ।

तर, घट्दो कामदारको संख्याको अनुपातमा रेमिट्यान्स नघट्नुको खास कारण भने खुलेको छैन। 

केही वर्षअघि रेमिट्यान्सले ३० प्रतिशतसम्म हिस्सा ओगटेको थियो। अहिले पनि रेमिट्यान्सले कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशतभन्दा बढी नै हिस्सा ओगटेको छ।  विश्व बैंकले समेत रेमिट्यान्स घट्ने अनुमान गरेको थियो। तर नेपालमा कोभिडपछि रेमिट्यान्स घट्नुको साटो बढ्दो छ।

विभागका अनुसार ५५ लाखभन्दा बढीले श्रम स्वीकृति लिएर नेपाली कामदार वैदेशिक रोजगारीमा विभिन्न मुलुक पुगेका छन्। तीमध्ये फर्किनेको संख्या यकिन नभए पनि ठूलो हिस्सा अझै वैदेशिक रोजगारी मै रहेको बिभागको भनाइ छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो