२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरिया रोजगारी : इपिएस कोरिया शाखाको गम्भीर ध्यानाकर्षण

२०७८, १३ श्रावण बुधबार ०७:२३

साउन १३, काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखाले पछिल्लो समयमा कोरिया प्रकृया सुचारु सम्बन्धमा केही व्यक्तिहरुले विभिन्न सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना सम्प्रेषण गर्ने कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शाखाले विज्ञप्ति जारी गर्दै कोरिया रोजगारी सुचारु नभएको विषयमा कार्यालयका कर्मचारीहरुप्रति गाली गलौज गर्ने कार्य प्रति पनि कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

 भ्रमपूर्ण सूचना संप्रेषणले प्रणालीलाइ नकारात्मक असर पर्न सक्ने भएकोले यस्ता उछृङखल, अमर्यादित कृयाकलाप नगर्न, नगराउन कार्यालयले सर्वसाधारणमा अनुरोध गरेको छ । 'संवेदनशिल भै उडान सुचारु हुने प्रतिक्षामा धैर्य गर्न र यस शाखाको वेवसाईट www.epsnepal.gov.np मा प्रकाशित हुने सूचनामा मात्र विश्वास गर्न सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ' शाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारणले बिगतमा लकडाउन तथा अन्तराष्ट्रिय उडान बन्द भएकोले दक्षिण कोरियामा नियमित तथा कमिटेड व्यक्तिहरुको उडान प्रकृया रोकिएको शाखाले जनाएको छ । हाल नेपाल सरकारले सबै अन्तराष्ट्रिय उडान सूचारु गरे पश्चात पनि पुनः बढ्दै गैरहेको माहामारीका कारण कोरियाको सरकारले नेपाल लगायत अन्य देशबाट समेत कामदार भित्र्याउन रोक लगाएको छ । 

कोरियाको प्रकृया सुचारु गर्नका लागि नेपाल सरकारको विभिन्न निकायबाट विभिन्न चरणमा एच. आर.डि सर्भिस अफ कोरिया समक्ष गरिएको प्रयासका बाबजुद पनि प्रकृया सुचारु नभएकोमा पछिल्लो पटक नेपाल सरकारले कोरिया पक्षबाट राखेका शर्तहरु (नियमित सिधा उडान, कोभिड १९ बिमा लगायत) पुरा गरी पठाउन तयार रहेको भनि कोरिया पक्षलाई जानकारी गराइसकेको र ति शर्तहरु पुरा गर्ने सन्दर्भमा आवश्यक आन्तरिक तैयारी भैरहेको शाखाले जनाएको छ ।  

कोरियन पक्षबाट कोरियाले रोग नियन्त्रण महाशाखाको विभिन्न स्वास्थ्य मापदण्ड लगायतका शर्त पालना गरी कामदार भित्र्याउन प्रयास भैरहेको भन्ने जानकारी प्राप्त भएको शाखाले जनाएको  छ । ई.पी.एस. अन्तर्गत हालसम्म करिव ६५,००० भन्दा बढी नेपाली युवा कोरिया पुगिसकेका छन् । नेपाली कामदारहरु कर्तव्यनिष्ठ इमानदार, लगनशील र मेहेनती भएकाले कोरियन रोजगारदाताको छनौटमा उच्च प्राथमिकतामा पर्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित