२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरिया रोजगारी : इपिएस कोरिया शाखाको गम्भीर ध्यानाकर्षण

१३ श्रावण २०७८, बुधबार ०७:२३

साउन १३, काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखाले पछिल्लो समयमा कोरिया प्रकृया सुचारु सम्बन्धमा केही व्यक्तिहरुले विभिन्न सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना सम्प्रेषण गर्ने कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शाखाले विज्ञप्ति जारी गर्दै कोरिया रोजगारी सुचारु नभएको विषयमा कार्यालयका कर्मचारीहरुप्रति गाली गलौज गर्ने कार्य प्रति पनि कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

 भ्रमपूर्ण सूचना संप्रेषणले प्रणालीलाइ नकारात्मक असर पर्न सक्ने भएकोले यस्ता उछृङखल, अमर्यादित कृयाकलाप नगर्न, नगराउन कार्यालयले सर्वसाधारणमा अनुरोध गरेको छ । 'संवेदनशिल भै उडान सुचारु हुने प्रतिक्षामा धैर्य गर्न र यस शाखाको वेवसाईट www.epsnepal.gov.np मा प्रकाशित हुने सूचनामा मात्र विश्वास गर्न सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ' शाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारणले बिगतमा लकडाउन तथा अन्तराष्ट्रिय उडान बन्द भएकोले दक्षिण कोरियामा नियमित तथा कमिटेड व्यक्तिहरुको उडान प्रकृया रोकिएको शाखाले जनाएको छ । हाल नेपाल सरकारले सबै अन्तराष्ट्रिय उडान सूचारु गरे पश्चात पनि पुनः बढ्दै गैरहेको माहामारीका कारण कोरियाको सरकारले नेपाल लगायत अन्य देशबाट समेत कामदार भित्र्याउन रोक लगाएको छ । 

कोरियाको प्रकृया सुचारु गर्नका लागि नेपाल सरकारको विभिन्न निकायबाट विभिन्न चरणमा एच. आर.डि सर्भिस अफ कोरिया समक्ष गरिएको प्रयासका बाबजुद पनि प्रकृया सुचारु नभएकोमा पछिल्लो पटक नेपाल सरकारले कोरिया पक्षबाट राखेका शर्तहरु (नियमित सिधा उडान, कोभिड १९ बिमा लगायत) पुरा गरी पठाउन तयार रहेको भनि कोरिया पक्षलाई जानकारी गराइसकेको र ति शर्तहरु पुरा गर्ने सन्दर्भमा आवश्यक आन्तरिक तैयारी भैरहेको शाखाले जनाएको छ ।  

कोरियन पक्षबाट कोरियाले रोग नियन्त्रण महाशाखाको विभिन्न स्वास्थ्य मापदण्ड लगायतका शर्त पालना गरी कामदार भित्र्याउन प्रयास भैरहेको भन्ने जानकारी प्राप्त भएको शाखाले जनाएको  छ । ई.पी.एस. अन्तर्गत हालसम्म करिव ६५,००० भन्दा बढी नेपाली युवा कोरिया पुगिसकेका छन् । नेपाली कामदारहरु कर्तव्यनिष्ठ इमानदार, लगनशील र मेहेनती भएकाले कोरियन रोजगारदाताको छनौटमा उच्च प्राथमिकतामा पर्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो