२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा खोसिंदै विदेशी श्रमिकको रोजगारी

२०७८, २६ श्रावण मंगलवार ०५:४९

साउन २६, काठमाडौँ । साउदी अरबले मुलुकमा उपलव्ध रोजगारी आफ्नै नागरिकका लागि सुरक्षित गर्ने उद्देश्यले थप केहि क्षेत्रको रोजगारीमा केवल स्वदेशी नागरिकलाई मात्र राख्न पाउने नीति कार्यान्वयनमा ल्याएको छ । गत सातादेखि केहि मलहरुमा सिमित काममा बाहेक विदेशी नागरिकलाई रोजगारीमा राख्न नपाउने अभ्यास कार्यान्वयनमा ल्याएको हो ।

गत हप्तादेखि साउदी अरबका केहि सपिंग मलहरुमा यो अभ्यास सुरु भएको स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् । पछिल्ला केहि बर्षयता साउदी अरेवियाले साउदीकरण अभियान अगाडी बढाइरहेको छ । यसले मुलुकमा उपलव्ध रोजगारीमा साउदी नागरिकहरुलाई नै आवद्द गर्ने लक्ष्य राखेको छ । यसले विदेशी श्रमिकमा रहेको निर्भरतालाई घटाउने अपेक्षा साउदी सरकारले राखेको छ ।

गत अप्रिलमा सामाजिक विकास मन्त्रालयले गरेको निर्णय कार्यान्वयनका क्रममा मलहरुमा सिमित काम बाहेक अन्य काममा शत प्रतिशत साउदी नागरिकलाई नै रोजगारीमा राख्नु पर्ने नियम कार्यान्वयनमा आएको हो । यसले साउदी नागरिकहरुका लागि थप ५१ हजार रोजगारी उपलव्ध हुने जनाइएको छ । क्याफे तथा रेष्टुराँहरुमा भने ५० प्रतिशत विदेशी नागरिकलाई रोजगारीमा राख्न पाइने व्यवस्था छ । यसैगरी हाईपर मार्केट तथा सुपरमार्केटहरुमा पनि यस्तै व्यवस्था रहेको समाचारमा जनाइएको छ ।

सफाई कार्य, सामान ओसारपसार गर्ने, मर्मतसम्हारको कार्य तथा हजामको काममा भनें साउदीकरण गरिएको छैन । ति काममा विदेशी श्रमिक राख्न रोजगारदाताहरु स्वतन्त्र छन् । साउदी अरबको नयाँ नियम अनुसार सपिंग मलहरुमा कार्यरत कुल श्रमिक मध्ये २० प्रतिशत भन्दा बढी विदेशी हुन पाउने छैनन् । उनीहरुका लागि छुट्टै पहिरनको व्यवस्था हुनु पर्नेछ ।

चार महिना अगाडी नै गरिएको मन्त्रीस्तरिय निर्णय गत अगष्ट ४ तारिखदेखि कार्यान्वयनमा आएको जनाइएको छ । मन्त्रालयले निर्णय कार्यान्वयनका लागि सो समयावधि उपलव्ध गराएको थियो । कुनै रोजगारदाताले अव उपरान्त सो निर्णय कार्यान्वयन नगरेमा आर्थिक जरिवाना तथा सजाय हुने चेतावनी दिइएको छ । साउदी अरबले एकाउण्टेट, कार्यालयका प्रशासनिक काम लगायतमा यस अगाडी देखि नै साउदी नागरिकलाई प्राथमिकता दिनुपर्ने नीति लिएको छ । देशपरदेश 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित