भदौ २९, काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल जान इच्छुक युवाहरुको लागि लिइएको अंग्रेजी भाषा परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । विभागले हिजो १६ परीक्षा केन्द्र मार्फत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल जान इच्छुक युवाहरुको लागि लिइएको अंग्रेजी भाषा परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । विभागले हिजो १६ परीक्षा केन्द्र मार्फत "/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल रोजगारी : २ हजार ३९ जना अंग्रेजी भाषा परीक्षा पास (नतिजासहित)

२९ भाद्र २०७८, मंगलवार ०८:०१


भदौ २९, काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल जान इच्छुक युवाहरुको लागि लिइएको अंग्रेजी भाषा परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । विभागले हिजो १६ परीक्षा केन्द्र मार्फत संचालन गरेको अंग्रेजी भाषाको लिखित परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको हो ।

इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । जस मध्ये ६ हजार ३९७ जना लिखित परीक्षामा सहभागी भएकोमा १ हजार ३९५ जना महिला र ६ सय ४४ पुरुष गरि कुल २ हजार ३९ जनाले अंग्रेजी भाषा पास गरेको विभागले जनाएको छ ।

असोज एक गतेबाट व्यावसायिक सिप विकास प्रतिष्ठान भैसेपाटी ललितपुरमा अंग्रेजी भाषा पास गर्नेहरुको उचाई र तौल परीक्षण तथा अन्तर्वार्ता हुने विभागले जनाएको छ । छनौट भएका उम्मेदवारहरुले उचाई र तौलको परीक्षण तथा अन्तर्वार्तामा सम्मिलित हुन आउँदा दरखास्त फाराम पेश गर्दा अनलाइन प्रणाली FERMS मार्फत बुझाएका सक्कल कागजात र प्रवेशपत्र लिई तोकिएको समय भन्दा १ (एक) घण्टा अगावै अनिवार्य उपस्थित हुनु पर्नेछ । 

तोकिएको उचाई र तौल सम्बन्धि मापदण्ड पुरा नहुने उम्मेदवारलाई अन्तर्वार्तामा सहभागी नगराइने विभागले जनाएको छ । तोकिएको शैक्षिक योग्यता, तालिमका प्रमाण पत्र एवं अनलाइन दरखास्तका साथ पेश गरिएका कागजातहरु प्रमाणित नभएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ । 

 नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सरकारले नेपाली सहायक कामदार पठाउन लागेको हो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो