२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार प्रहरीको लागि आएको मागपत्र रद्ध, छनोट भएका दुई सयले जान नपाउने (पत्र सहित)

३१ भाद्र २०७८, बिहीबार ०३:२२

भदौ ३१, काठमाडौँ | कतारस्थित नेपाली दूतावासले कतारको प्रहरी सेवामा कामदार भर्ना गर्न प्रमाणीकण गरेको मागपत्र रद्ध गरेको छ । कतारको आन्तरिक मन्त्रालयले नेपाली नागरिकको लागि दिईएको कोटामा अन्यत्रबाटनै पदपूर्ति गरिएको जानकारी दिएपछि कतार प्रहरी सेवाको मागपत्रबाट श्रमिक लिन नमिल्ने अवस्था आएको दूतावासले जनाएको छ ।

कतारस्थित नेपाली दूतावासले २९ अगस्ट २०२१मा २ सय नेपालीलाई कतार प्रहरीमा भर्ना गर्ने गरी अल तकित म्यानपावरका नाममा मागपत्र प्रमाणीकरण गरेको थियो, जुन अब रद्ध गरिएको छ । अल तकित म्यानपावरले कतार पुलिसमा लैजानको लागि अग्रिम रुपमा रकम अशुली गरेको विषय मिडियाहरुमा सार्वजनिक भएपछि कतारका सरोकारवालाहरुले यसमा ध्यानाकर्षण गरेको समेत बुझिएको छ । 

यस अघि २०७६ फागुनमा १६९ जना नेपालीलाई कतार प्रहरीमा भर्ना गराइएको थियो । त्यसबेला समेत चर्को अशुली भएको थियो । 

यस्तो छ दुतावासले पठाएको पत्र: 

 गत मंसिरमा मागपत्र प्रमाणीकरणनै नगरी केहि म्यानपावर कम्पनीहरुले अन्तर्वार्ता राखेपछि वैदेशिक रोजगार विभागले हस्तक्षेप गरेको थियो । त्यसबेला अन्तर्वार्ता लिनका लागि कतारका उच्च अधिकारीहरू समेत काठमाडौं आएका थिए । त्यसो त बिभागले छापा हान्ने क्रममा लाजिम्पाट स्थित होप इन्टरनेशनलमा नेपाल स्थित कतार दुतावासको गाडीनै भेटिएको थियो । 

यो पटक कतारको आन्तरिक मन्त्रालयले अल तौकेत ओभरसिजमार्फत दुई सय नेपालीलाई भर्ना गर्न डिमाण्ड प्रमाणीकरण गराईएको थियो, जसमा श्रम मन्त्रालयदेखि म्यानपावर हुँदै एजेन्टहरुको हालीमुहाली रहेको पाइए पछि संचार माध्यमहरुमा समाचार आएका थिए । त्यसो त लाजिम्पाट स्थित अल तौकेत ओभरसिजमा आएको डिमाण्ड लाजिम्पाटमै रहेको अर्को एक म्यानपावरको सेटिङमा आएको बताइएको छ । जसको लागि औपचारिकता पुरा गर्नको लागि मात्र गत साता अन्तर्वार्ता लिईएको तर पहिलेनै तय भएकाहरुलाई पठाउने गरि सेटिङ गरिएको थियो । यस सम्बन्धमा मिडियाहरुले समाचार लेख्दा श्रम मन्त्रालय र वैदेशिक रोजगार बिभाग मौन हुनुलाई शंकास्पद मानिएको छ । 

पछिल्लो पटक श्रम मन्त्रालयसमेत हेरेका प्रधानमन्त्री शेरबहादुर देउवाले मागपत्र प्रमाणीकरण गर्न भदौ ८ मा नेपाली दूतावासलाई निर्देशन दिएपछि कतार पुलिसको माग नेपाललाई प्राप्त भएको थियो । जुन मागलाई सम्बन्धित निकायहरुले आर्थिक चेलखेलमा परेर व्यवस्थित गराउन नसक्दा र निशुल्क आएको मागमा लाखौँ अशुली गरिएको जानकारी कतार सरकारलाई समेत प्राप्त भएको कारण माग रद्द गरिएको हुनसक्ने बुझिएको छ । कतार प्रहरीमा छनोट भएका युवासँग कुनै पनि शुल्क लिन नपाउने अवस्थामा कतार सरकारको सर्तविपरीत अल तौकेत ओभरसिज नेपालले करोडौं उठाएको समाचारहरु बाहिरिएका थिए । डिमाण्डनै रद्ध भएपछि अल तौकेत ओभरसिज मार्फत बिभिन्न एजेन्ट खडा गरि उठाइएको आर्थिक अशुली युवाहरुलाई फिर्ता गर्नुपर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो