६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वदेश फर्किने कामदार बने दलालको भरिया, सुन तस्करी गर्ने १७ जना पक्राउ

१४ आश्विन २०७८, बिहीबार ०७:५९

असोज १४,  काठमाडौं  । चाडपर्वमा नेपाली कामदार स्वदेश फर्किने क्रमसँगै उनीहरूलाई भरिया बनाउने प्रवृत्ति पनि बढेको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीबाट फर्किएका १७ जनालाई अवैध सुनसहित पक्राउ गरेपछि कामदारलाई भरिया बनाइने प्रवृत्ति बढेको देखिएको हो ।आइतबारयता अवैधरूपमा ल्याइएको ८ सय ९९ ग्राम सुन बरामद भएको भन्दै प्रहरीले  पक्राउ परेका सबैजना भरिया रहेको बताएको छ । प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीका समुन्द्र दंगाल र काठमाडौं बूढानीलकण्ठका सन्तवीर राई लगायतलाई पक्राउ गरेकोे थियोे ।

घर फर्किने नेपाली कामदारलाई विदेशी विमानस्थलमा तस्करहरूले विभिन्न बहाना र केही रकमको लोभ देखाएर काठमाडौं विमानस्थलमा रिसिभ गर्न आउने व्यक्तिलाई दिनु भनेर पठाउने गरेको प्रहरीको भनाइ छ । विशेषगरी खाडी र मलेसियाबाट काठमाडौं आउने यात्रुहरुलाई तस्करीका लागि दुरुपयोग गर्ने गरिएको बताइएको छ । 

तस्करहरुले परफ्युम, बच्चाको डाईपर, मोबाइलको ब्याट्रीको भित्रि भागमा लुकाई स्वदेश फर्किने कामदारलाई बोकाएर नयाँ शैलीमा सुन पठाउने गरेकोे विमानस्थलस्थित सुरक्षा स्रोतले बतायो । प्रहरीले सानो परिमाणमा हुने सुन तस्करीको तरिका थाहा पाएपछि तस्करहरुले पटकपटक  शैली परिवर्तन गर्ने गरेको सुरक्षा स्रोतको भनाइ छ । 

तस्करहरुले सोझा कामदारहरुलाई भरिया बनाएपछि कतारस्थित नेपाली दूतावासले सूचना जारी गर्दै कतारबाट नेपाल फर्किने कामदारहरुलाई नचिनेका व्यक्तिहरुले अनुरोध वा प्रलोभनमा परेर सुनलगायतका बहुमुल्य वस्तुहरुको भरिया बनाउने गरेको भन्दै सचेत रहन आग्रह गरेको थियो । शिक्षा र चेतनाका दृष्टिले कमजोर र न्यून आय भएका कामदारहरु सचेत हुन नसक्दा भरिया भई अनाहकमा जेलसमेत पर्ने गरेका छन् । पक्राउ परेका कामदारहरु भरिया नै भएको स्पष्ट भएपनि मुद्दा चलाउनु पर्ने कानूनी बाध्यताले थुनामा पठाउने गरेकोे प्रहरीले बताउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या