भक्त बहादुर दर्जी/नवलपरासी । मेरो घर गैंडाकोट नगरपालिका वडा नम्बर ७ शक्तिटोलमा पर्छ । हाम्रो परिवारको अवस्था कमजोर भएपनि विदे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भक्त बहादुर दर्जी/नवलपरासी । मेरो घर गैंडाकोट नगरपालिका वडा नम्बर ७ शक्तिटोलमा पर्छ । हाम्रो परिवारको अवस्था कमजोर भएपनि विदे"/>
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

नवलपरासीका भक्त बहादुरलाई विदेश पठाइदिने भन्दै दलालले जग्गा आफ्नो नाममा बनाएर बेच्यो !

२ भाद्र २०७३, बिहीबार १३:१०

भक्त बहादुर दर्जी/नवलपरासी । मेरो घर गैंडाकोट नगरपालिका वडा नम्बर ७ शक्तिटोलमा पर्छ । हाम्रो परिवारको अवस्था कमजोर भएपनि विदेशको कुरा घरमा नछिरुञ्जेल शान्ति नै थियो । तर अहिले हाम्रो परिवार समस्यामा परेको छ । 

कुरा २०६२ सालको हो । भाइले विदेश जाने मन लागेर गाउँका एजेण्ट दशरथ गिरीलाई भेटेछ । उनले कमाई राम्रो हुन्छ भनेपछि भाइले विदेश जाने निधो ग¥यो । तर एजेण्टले ८५ हजार रुपैयाँ लाग्छ भनेपछि चाहिँ ऊ मात्रै होइन हामी पनि हच्कियौ । 

किन भने उसलाई विदेश पठाउन चाहिने ८५ हजार हामीसँग थिएन । मेरो बुबा लक्ष्मण दर्जीले एजेन्टलाई पैसा छैन भन्नुभयो । तर एजेण्ट अर्को विकल्प देखाइदिए । 

एजेण्टले बुवालाई ‘मेरो नाममा २ कठ्ठा जग्गा पास गरिदेउ म त्यो जग्गा बैकमा राखेर पैसा निकाल्दिन्छु ।’ भने ।  उनले कमाएर ८५ हजार फिर्ता गरेपछि जग्गा फिर्ता गरिदिन्छु पनि भने । 

त्यतिबेला हामीले बैंकमा जानु र अन्य प्रक्रियाका लागि पनि पैसा नै लाग्ने बरु त्यहि गरे बेस जस्तो लाग्यो । अनि मेरो बुवाले २ कठ्ठा जग्गा दशरथ गिरीको नाममा पास गरिदिनुभयो । जग्गा पास गर्दै गर्दा बुवाले छोरोले विदेश गएर कमाइहाल्छ ८५ हजार फिर्ता गर्न कति पो गाह्रो होला र ? भन्ने सोच्नुभएको थियो । गाउँका चार जना साक्षी बसे र कित्ता नम्बर १२६० को दुई कठ्ठा जग्गा बुवाले दशरथकी श्रीमती शुभलक्ष्मी गिरीको नाममा पास गरिदिनुभो । जग्गा हात परेपछि विदेश पठाउनु त कता हो कता दशरथ गिरी सम्पर्कमै आउन छोडे । 

उनलाई खोज्दै घरमा जाँदा उनीहरु सपरिवार घर जग्गा सबै सम्पत्ति बेचेर गैंडाकोटबाट अन्तै गइसकेको थाहा पायौं । दिन बित्यो, महिना बित्यो तर मेरो भाइको विदेश जाने दिन कहिल्यै आएन । मेरो भाइ मनबीर दर्जी अहिले भारतमा काम गर्दैछ ।

भएको दुई कठ्ठा १७ धुर जग्गा त्यहि पनि २ कठ्ठा जग्गा एजेन्टको नाममा पास गरेपछि मेरो घरमा अहिले समस्या छ । यही समस्याले बुवालाई पिर थपिँदै गयो । न भाइ बिदेश जान सक्यो न त जग्गा नै बाँकी रहयो । 

यही पिरले मेरो बुवाले आत्महत्या गर्नुभयो । जग्गा अर्कैको नाम पास गरिदिएको भए पनि अहिलेसम्म जग्गा दावी गर्न उदीहरु आएका त छैनन् । तर त्यो जग्गा फिर्ता गर्न कहाँ जाने के गर्ने केहि थाहा छैन । जग्गा फिर्ता गर्न के गर्ने र कसरी मुद्धा लड्ने हामीलाई केहि थाहा छैन । -उज्यालो अनलाइनबाट 

(नवलपरासीमा रहेको सुरक्षित आप्रवाशन सुचना तथा परामर्श केन्द्रकी परामर्शदाता रञ्जना लम्सालसँगको कुराकानीमा आधारीत) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प