४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीको अवस्था बुझ्दै स्थानीय तह

५ पुष २०७८, सोमबार १७:०१

पुस ५, काठमाडौँ | वैदेशिक रोजगारी, वैदेशिक अध्ययन, रोजगारीका समस्या, पुनःस्थापना र समस्याका विषयमा जानकारी राख्नका लागि यहाँका दुई पालिकाले लगत सङ्कलन थालेका छन् । 

वैदेशिक रोजगारमा रहेका नागरिक र उनीहरुको परिवारको तथ्याङ्क तथा अवस्था पहिचानका लागि दुई पालिकाले वैदेशिक रोजगारसम्बन्धी पाश्र्वचित्र निर्माण गर्न सुरु गरेका छन् । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले वैदेशिक रोजागरीको विवरण सङ्कलन गर्न आप्रवासी ‘प्रोफाईल’ निर्माण गर्न थालेका हुन । 

सङ्कलन गरेको तथ्याङ्क प्रोफाइलका रुपमा राखिने र आगामी नीति तथा कार्यक्रम बनाउँदा त्यसैका आधारमा तयार गरिने बागलुङका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । प्रोफाइलले सुरक्षित प्रवासन नीति र पुनः एकीकरणको लागि समर्थनसहित स्थानीय ‘प्रवास प्रशासन’का लागि उचित योजना, नीति र रणनीतिको विकासमा सहयोग गर्ने छ । 

प्रोफाइल निर्माणका लागि बागलुङ नगरपालिकाले रु चार लाख १६ हजार र काठेखोला गाउँपालिकाले रु चार लाख आठ हजार विनियोजन गरेका छन् । प्रत्येक वडामा एक गणकको व्यवस्थापन गरी क्षेत्रगत तथ्याङ्क सङ्कलन गरिने छ । 

नगरपालिकाले १४ र गाउँपालिकाले आठ गणक छनोट गरी तथ्याङ्क सङ्कलन गर्न थालेका छन् । गणकले कोवो सफ्टवेयरमार्फत तथ्याङ्क लिनेछन् । विवाईसी बागलुङको व्यवस्थापनमा गणकलाई सामी हेल्भेटासले दुई दिने सफ्टवेयर सञ्चालनबारे प्राविधिक तालिम दिएर स्थलगत रुपमा तथ्याङ्क सङ्कलनका लागि वडामा खटाइएको छ । स्थलगतरुपमा खटाइएका २८ गणकले आगामी माघ ४ गतेभित्र आफ्नो जिम्मेवारीमा परेका वडाको वैदेशिक रोजगारीमा गएको, अध्ययनका लागि गएको, वैदेशिक रोजगारीमा आश्रित परिवार, वैदेशिक रोजगारीमा फर्केका, रोजगारीबाट फर्केर पुनःस्थापित भइसकेकाको विवरण सङ्कलन गर्नेछन् । 

प्रोफाइलमा जनसङ्ख्यिकीय जानकारी, प्रमुख गन्तव्य देश, प्रवासी र उनीहरूका परिवारको सीप र सूचनामा पहुँचको हालको परिदृश्य, रेमिट्यान्स प्राप्त गर्ने र वित्तीय साक्षरतामा यसको उपयोगिताको प्रवृत्ति तथा ज्ञानस्तरसहितको प्रवास, पुनरागमन प्रवासी कामदारको जानकारी, उनीहरूको अवस्था र पहलमाथि जोड दिने काठेखोलाका अध्यक्ष अमरबहादुर थापाले बताउनुभयो ।

आप्रवासी पाश्र्वचित्रले राष्ट्रिय सन्दर्भसँग सम्बन्धित स्थानीयस्तरबाट श्रम प्रवासन ढाँचाको समग्र परिदृश्य प्रतिविम्बित गर्ने सुरक्षित आप्रवासन परियोजना (सामी) बागलुङका परियोजना संयोजक मीनप्रसाद उपाध्ययाले बताउनुभयो । वैदेशिक रोजगारमा ठगी र सम्बन्धित मुद्दा, सामाजिक लागत, चुनौती, अगाडि र सुझावलाई पनि समावेश हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ