२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मकवानपुरमा ई– पासपोर्टको दर्ता सुरु

७ पुष २०७८, बुधबार १०:२५

पुस ७, मकवानपुर | जिल्ला प्रशासन कार्यालय मकवानपुरले ई– पासपोर्टका लागि आजबाट प्रत्यक्ष दर्ता सुरु गरेको छ । ई–पासपोर्टका लागि सेवाग्राही आफैले पनि  अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

काठमाडौँ बाहिर पहिलो पटक मकवानपुरमा यो सेवा सुरु भएको हो । यसका लागि आवश्यक उपकरण र पूर्वाधारको व्यवस्थापन गरिएको बताइएको छ । सुरुमा दैनिक १५ जनाले मात्रै दर्ता गर्न सकिने र कार्यालयको क्षमता अनुसार विस्तारै यो सेवालाई थप गर्दै जाने योजना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार दर्ता भएको सातदेखि १५ दिनभित्र ई–पासपोर्ट उपलब्ध गराउने छन् । ई–पासपोर्टका लागि अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र फारम भरेर दर्ता गर्नुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । यस कार्यबाट जिल्लाका बासिन्दा उत्साही भएका छन् । 

गाँजा र अफिमखेती नष्ट 

जिल्लाको विकट राक्सिरागङ गाउँपालिकाको दुई वडामा ठूलो क्षेत्रफलमा लगाइएको  प्रतिबन्धित लागुऔषध गाँजा तथा अफिमखेती नष्ट गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार राक्सिरागङको ३३ बिघामा लगाइएको गाँजाखेती र १९ बिघामा लगाइएको अफिमखेती फडानी गरी नष्ट गरिएको छ ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुर र वाग्मती प्रदेश प्रहरी दङ्गा नियन्त्रण प्रहरी गणबाट संयुक्तरुपमा  खटिएको ६० जनाको प्रहरीको टोलीले राक्सिरागङ गाउँपालिका–४ र ५ को  विभिन्न स्थानमा लगाइएको गाँजा तथा अफिम खेती फडानी गरेको बताइएको छ । 

यसैबीच प्रहरीले अवैधरुपमा काठ ढुवानी गरेको अवस्थामा दुई जनालाई पिकअप गाडीसहित पक्राउ गरेको छ ।  गएराति २ बजे इलाका प्रहरी कार्यालय नेवार पानीबाट खटिएको प्रहरीको टोलीले गस्ती गर्दै जाने क्रममा  हेटाँैडा –३ स्थित सडक खण्डमा ८८.६० क्युफिट अवैध काठसहित मनहरि गाउँपालिकाको हाँडीखोलाबाट हेटौँडा–१९ बस्तीपुरतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ च १२६०  नं को पिकअप गाडीसहित हेटौँडा–१२ का २४ वर्षीय सुशान्त लोप्चन र १८ वर्षीय सुदीप लोप्चनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका व्यक्ति, बरामद अवैधकाठ र पिकअप गाडीलाई प्रहरीले आवश्यक कारबाहीका लागि  डिभिजन वन कार्यालय राप्ती मनहरिमा पठाएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य