२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सयौं युवालाई वैदेशिक रोजगारमा पठाईदिने भन्दै करोडौं ठगेर फरार

२०७८, १४ पुष बुधबार ०८:४३

महेश सिंह | पुस १४, लहान | सिरहाको लहानमा टुर्स एण्ड ट्राभल्स खोलेर वैदेशिक रोजगारीको धन्दा गर्दै आएका बाबु छोरा सयौ युवाहरुसँग करोडौं अशुली गरेर फरार भएका छन् । 

ठगिमा संलग्न लालबाबु महतो हुन् । उनले सिरहाको लहान -२ मिलन चौचोकमा माँ भवानी टुर्स एन्ड ट्राभल्स संचालन गर्दै आएका थिए । उनि महोत्तरी जिल्लाको वडा नम्बर १ महोत्तरी पिपरा बस्ने व्यक्ति हुन् । पीडितहरुको अनुसार उनिबाट करिव चार सय युवाहरु ठगिएका छन् । साथै ठगिएका युवाहरुबाट महतोले करिब ४ करोड भन्दा बढी रकम ठगी गरेको दावी गरिएको छ । पीडितहरु उनको कार्यालय अगाडी आएर मेला लाग्न थालेपछि उनि फरार छन् ।


पीडितहरुको अनुसार ठगी गर्ने व्यक्ति धामीझाक्रीको काम गरेर निकै चर्चामा आएका व्यक्ति हुन् । उनले धर्मको नाममा गरीब दलित निमुखा जनतालाई ठगी गरी कार्यालयमा ताल्चा लगाएर फरार भएका छन् । लहान नगरपालिका वडा नम्बर २१ बस्ने राजेन्द्र प्रसाद यादवको घरमा मासिक १० हजार र प्रत्येक बर्ष भाडामा एक हजार थप हुने गरी घर भाडाको ५ बर्षको सम्झौता गरी महतोले कार्यालय संचालन गर्दै आएका थिए ।

त्यसो त ठगी गर्ने महतोले उक्त स्थानमा धेरै मुर्तिहरुको स्थापना गरेर मोही लगाउदै झाक्रीको काम समेत गर्दै आएका थिए । धामीको काम गरेर समाजको बिश्वास जित्दै उनले समाजमा बेरोजगार युवाहरुलाई वैदेशिक रोजगारमा पठादिने अवैध धन्दा समेत चलाउदै आएका थिए । अर्को अचम्म लाग्दो कुरा त के पनि  छ भने महतोले हिन्दु युवाहरुलाई प्रभावमा पार्न मुर्तिको पुजा गर्थे भने सोही स्थानमा मुस्लिम धर्मावलम्बीहरुलाई प्रभावित पार्न सोहि धर्मको समेत पुजा गर्दै गर्ने गरेका थिए ।

माथिको तस्वीरमा: पिडितहरुको अनुसार ठगीमा संलग्न लालबाबु महतो 

धर्मको नाउँमा महतोलाई स्थानीयहरुले सहयोग गर्दै आएका थिए । स्थानीय सरकारको कार्यालय अर्थात लहान नगरपालिका वडा नम्बर २ का वडा कार्यालयसंगै टासिएको भवनमा वैदेशिक रोजगारको नाममा अवैध कारोवार गर्दै करोडौं ठगी धन्दा भईरहेको थियो । उक्त कार्यालयको सहयोगमा केहि व्यक्ति वैदेशिक रोजगारमा समेत गएका थिए तर गएका युवाहरु समेत खाडीमा अलपत्र परेका छन् । उनले करिब १५ जनालाई ३ लाख, ५ लाख, ६ लाख र ९ नौ लाख सम्मका दरले बाउन्स चेक दिएर बैंकिङ कसुर अन्तर्गतको अपराध समेत गरेका छन् । 


ठगीमा संलग्न व्यक्ति फरार भएपछि अहिले उनको कार्यालय अगाडी पीडितहरुको मेलानै लाग्ने गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल