भदौ ११, दुबई | पर्यटक भिषामा दुबई आईपुगेका एक नेपाली युवाको मृत्यु भएको छ ।  चार दिन पहिले भिजिट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, दुबई | पर्यटक भिषामा दुबई आईपुगेका एक नेपाली युवाको मृत्यु भएको छ ।  चार दिन पहिले भिजिट "/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

भिजिट भिषामा दुबई आएको चार दिनमै सुनारको मृत्यु

११ भाद्र २०७३, शनिबार ०६:१७

भदौ ११, दुबई | पर्यटक भिषामा दुबई आईपुगेका एक नेपाली युवाको मृत्यु भएको छ ।  चार दिन पहिले भिजिट भिषामा युएई आएका दिपेश सुनारको युएईमा ज्यान गएको हो । रुपन्देही घर भएका २४ वर्षे सुनारको बिहीबार हृदयघातको कारण ज्यान गएको हो ।

उनी दुबईमा काम गर्ने साथीको सहयोगमा पर्यटक भिषामा दुवई आएका थिए । बिहीबार युएईको आबुधाबीमा आफ्ना काकालाई भेट्न गएका उनि भेटघाट गरेर खानपान सकेर सुतेका थिए तर सुनार भोलीपल्ट तीन बजे एक्कासी छटपटाएको देखेर साथी बोलाउन गएको काका धनबहादुर सुनारले बताए । उनका अनुसार साथी बोलाएर आउँदा दिपेशको मृत्यु भईसकेको थियो ।

सुनारको शव आबुधाबीको खालिफा हस्पिटलमा राखिएको दलित सन्जाल युएईका अध्यक्ष बिनोद विश्वकर्माले बताए । सुनार योभन्दा पहिले रोजगारीका लागि रसिया गएका थिए । सुनारको परिवारमा आमा, गर्भवती श्रीमती र १ छोरा छन् ।

सुनारको मृत्यु भएसंगै उनको शव नेपाल ल्याउन समस्या परेको छ । पर्यटक भिषामा रहँदा ज्यान गए शव सम्बन्धित मुलुक पुर्याउन खर्चिलो हुन्छ । यसरी ज्यान गुमाउनेको शव नेपाल लैजाँदा लाग्ने खर्च आफन्तलेनै जुटाउनु पर्छ । धेरै पैसा लाग्ने भएकाले सुनारको शव कसरी नेपाली पठाउने भन्ने समस्या भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प