भदौ ११, दुबई | पर्यटक भिषामा दुबई आईपुगेका एक नेपाली युवाको मृत्यु भएको छ ।  चार दिन पहिले भिजिट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, दुबई | पर्यटक भिषामा दुबई आईपुगेका एक नेपाली युवाको मृत्यु भएको छ ।  चार दिन पहिले भिजिट "/>
२०८२, १ चैत्र आईतवार
काठमाडौँ - KTM

भिजिट भिषामा दुबई आएको चार दिनमै सुनारको मृत्यु

२०७३, ११ भाद्र शनिबार ०६:१७

भदौ ११, दुबई | पर्यटक भिषामा दुबई आईपुगेका एक नेपाली युवाको मृत्यु भएको छ ।  चार दिन पहिले भिजिट भिषामा युएई आएका दिपेश सुनारको युएईमा ज्यान गएको हो । रुपन्देही घर भएका २४ वर्षे सुनारको बिहीबार हृदयघातको कारण ज्यान गएको हो ।

उनी दुबईमा काम गर्ने साथीको सहयोगमा पर्यटक भिषामा दुवई आएका थिए । बिहीबार युएईको आबुधाबीमा आफ्ना काकालाई भेट्न गएका उनि भेटघाट गरेर खानपान सकेर सुतेका थिए तर सुनार भोलीपल्ट तीन बजे एक्कासी छटपटाएको देखेर साथी बोलाउन गएको काका धनबहादुर सुनारले बताए । उनका अनुसार साथी बोलाएर आउँदा दिपेशको मृत्यु भईसकेको थियो ।

सुनारको शव आबुधाबीको खालिफा हस्पिटलमा राखिएको दलित सन्जाल युएईका अध्यक्ष बिनोद विश्वकर्माले बताए । सुनार योभन्दा पहिले रोजगारीका लागि रसिया गएका थिए । सुनारको परिवारमा आमा, गर्भवती श्रीमती र १ छोरा छन् ।

सुनारको मृत्यु भएसंगै उनको शव नेपाल ल्याउन समस्या परेको छ । पर्यटक भिषामा रहँदा ज्यान गए शव सम्बन्धित मुलुक पुर्याउन खर्चिलो हुन्छ । यसरी ज्यान गुमाउनेको शव नेपाल लैजाँदा लाग्ने खर्च आफन्तलेनै जुटाउनु पर्छ । धेरै पैसा लाग्ने भएकाले सुनारको शव कसरी नेपाली पठाउने भन्ने समस्या भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार