भदौ १३, मलेसिया । कम्पनीले माग पूरा गर्ने आश्वासन दिएपछि मलेसियाको ए वान ग्लोभ कम्पनीमा कार्यरत मजदुरहरु काममा फर्किएका छन् । क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, मलेसिया । कम्पनीले माग पूरा गर्ने आश्वासन दिएपछि मलेसियाको ए वान ग्लोभ कम्पनीमा कार्यरत मजदुरहरु काममा फर्किएका छन् । क"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

मलेसियामा रहेका नेपाली कामदारले कम्पनि मालिकलार्इ यसरी झुक्न बाध्य बनाए !

१३ भाद्र २०७३, सोमबार १२:१०

भदौ १३, मलेसिया । कम्पनीले माग पूरा गर्ने आश्वासन दिएपछि मलेसियाको ए वान ग्लोभ कम्पनीमा कार्यरत मजदुरहरु काममा फर्किएका छन् । कम्पनीका अन्य मजदुरहरुलाई भड्काएको आरोपमा तीन नेपालीसहित पाँच पाकिस्तानी मजदुरलाई प्रहरीले पक्राउ गरेपछि अन्य मजदुरहरु आन्दोलित बनेका थिए ।

सहमतिपछि मजदुरको होष्टलमा बिजुली पनि जोडिएको छ । मजदुरले ५ दिनदेखि होष्टलमा बिजुली प्रयोग गर्न पाएका थिएनन् । पक्राउ पर्ने नेपाली मजदुरमा बुटवलका अनिल थापा क्षेत्री, प्युठानका भीम पुनमगर र बाराका रामकिशोर हरिजन रहेका छन् । उनीहरुलाई शनिबार दिउँसो पक्राउ गरिएको थियो ।

मलेसिया सरकारले लागू गरेको न्युनतम पारिश्रमिक पाउनुपर्ने, होस्टलको सेवा सुविधामा कम्पनीले ध्यान दिनुपर्ने, स्वास्थ्य उपचारको उचित व्यवस्था हुनुपर्ने लगायतका माग राखी एक महिना अगाडि श्रमिकहरुले कम्पनी प्रशासनलाइ जानकारी गराएका थिए । तर कम्पनीले भने मागहरुलाई वेवास्ता गरेको कारण आन्दोलनमा जानुपरेको  उनीहरुले वताए ।

केहि दिन अगाडि आन्दोलन गरे लगत्तै कम्पनीले होस्टलको पानी वत्ती काटिदिएको थियो । प्रहरी आएपछि भने पुन सुचारु गरिदिएको थियो । शनिवार दिउँसो पनि करीव दुई वजेवाट होस्टलको वत्ती र पानी समेत काटिएको थियो वार्ता पछि भने वत्ति पानी पुन सुचारु गरिदिएको छ । कम्पनीमा करीव तीन सय नेपालीहरु कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प