भदौ १३, मलेसिया । कम्पनीले माग पूरा गर्ने आश्वासन दिएपछि मलेसियाको ए वान ग्लोभ कम्पनीमा कार्यरत मजदुरहरु काममा फर्किएका छन् । क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, मलेसिया । कम्पनीले माग पूरा गर्ने आश्वासन दिएपछि मलेसियाको ए वान ग्लोभ कम्पनीमा कार्यरत मजदुरहरु काममा फर्किएका छन् । क"/>
२०८२, २७ चैत्र शुक्रबार
काठमाडौँ - KTM

मलेसियामा रहेका नेपाली कामदारले कम्पनि मालिकलार्इ यसरी झुक्न बाध्य बनाए !

२०७३, १३ भाद्र सोमबार १२:१०

भदौ १३, मलेसिया । कम्पनीले माग पूरा गर्ने आश्वासन दिएपछि मलेसियाको ए वान ग्लोभ कम्पनीमा कार्यरत मजदुरहरु काममा फर्किएका छन् । कम्पनीका अन्य मजदुरहरुलाई भड्काएको आरोपमा तीन नेपालीसहित पाँच पाकिस्तानी मजदुरलाई प्रहरीले पक्राउ गरेपछि अन्य मजदुरहरु आन्दोलित बनेका थिए ।

सहमतिपछि मजदुरको होष्टलमा बिजुली पनि जोडिएको छ । मजदुरले ५ दिनदेखि होष्टलमा बिजुली प्रयोग गर्न पाएका थिएनन् । पक्राउ पर्ने नेपाली मजदुरमा बुटवलका अनिल थापा क्षेत्री, प्युठानका भीम पुनमगर र बाराका रामकिशोर हरिजन रहेका छन् । उनीहरुलाई शनिबार दिउँसो पक्राउ गरिएको थियो ।

मलेसिया सरकारले लागू गरेको न्युनतम पारिश्रमिक पाउनुपर्ने, होस्टलको सेवा सुविधामा कम्पनीले ध्यान दिनुपर्ने, स्वास्थ्य उपचारको उचित व्यवस्था हुनुपर्ने लगायतका माग राखी एक महिना अगाडि श्रमिकहरुले कम्पनी प्रशासनलाइ जानकारी गराएका थिए । तर कम्पनीले भने मागहरुलाई वेवास्ता गरेको कारण आन्दोलनमा जानुपरेको  उनीहरुले वताए ।

केहि दिन अगाडि आन्दोलन गरे लगत्तै कम्पनीले होस्टलको पानी वत्ती काटिदिएको थियो । प्रहरी आएपछि भने पुन सुचारु गरिदिएको थियो । शनिवार दिउँसो पनि करीव दुई वजेवाट होस्टलको वत्ती र पानी समेत काटिएको थियो वार्ता पछि भने वत्ति पानी पुन सुचारु गरिदिएको छ । कम्पनीमा करीव तीन सय नेपालीहरु कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली