भदौ २३, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका र विभिन्न मुद्दामा जेल परेकालाई स्वदेश फर्काउन ५ लाख रुपैयाँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका र विभिन्न मुद्दामा जेल परेकालाई स्वदेश फर्काउन ५ लाख रुपैयाँ"/>
१ माघ २०८२, बुधबार
काठमाडौँ - KTM

विदेशमा अलपत्र परेकालाई फर्काउन ५ लाख दिने, मृत्यु हुनेका परिवारलाई ७ लाख

२३ भाद्र २०७३, बिहीबार १०:४८

भदौ २३, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका र विभिन्न मुद्दामा जेल परेकालाई स्वदेश फर्काउन ५ लाख रुपैयाँ दिने भएको छ ।

संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले रेमिट्यान्सबाट देशलाई ठूलो योगदान दिइरहेका विदेशमा कार्यरत नेपाली समस्यामा पर्ने गरेकाले उनीहरुको उद्धारका लागि ५ लाख सहयोग गर्ने बताएका छन् । 

यस्तै प्रधानमन्त्रीले ब्लड मनी तिर्न नसकेर जेलमा रहेकालाई स्वदेश फर्काउन सहयोगका लागि विदेशमै भएका नेपाली र अरु संघसंस्थालाई आह्वान गर्ने बताए । विदेश भएका नेपालीको गुनासो सुन्न २४ घण्टा सेवा दिने गरी पैसा नलाग्ने टेलिफोन सेवा सुरु गर्ने प्रधानमन्त्रीले  जानकारी दिए ।  प्रधानमन्त्रीले फोनमार्फत आएका गुनासोको सम्बोधन फास्ट ट्र्याकबाट गर्ने बताएका छन् ।

 वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेका परिवारलाई ७ लाख

त्यस्तै सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाका परिवारलाई दिइने क्षतिपूर्ति रकम बढाएर सात लाख पुर्‍याउने भएको छ । अहिले ५ लाख रुपैयाँ दिँदै आएको सरकारले २ लाख रुपैयाँ बढाउने प्रधानमन्त्री दाहालले घोषणा गरे ।

ज्यान गुमाएकाको शव घरसम्म पुर्‍याउन समस्या भइरहेको भन्दै प्रधानमन्त्रीले त्यसलाई सहज बनाउने प्रतिबद्धता ब्यक्त गरे । प्रधानमन्त्री दाहालले खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारलाई दूतावासबाटै पुनः श्रम स्वीकृति तथा बिमा गर्न व्यवस्था मिलाउने घोषणा पनि गरे ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का