हेम चन्द्र राई/भदौ २५, युएई । युएई स्थित दुबई इमिरेट्समा डिपिएस ( डिपार्टमेन्ट अफ प्रोटेकटिभ सिस्टम ) सेक्युरिटी गार्डका लागि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई/भदौ २५, युएई । युएई स्थित दुबई इमिरेट्समा डिपिएस ( डिपार्टमेन्ट अफ प्रोटेकटिभ सिस्टम ) सेक्युरिटी गार्डका लागि"/>
२०८२, ४ चैत्र बुधबार
काठमाडौँ - KTM

डिपिएस सेक्युरिटीमा आएका ३० नेपाली चार महिनादेखी अलपत्र

२०७३, २५ भाद्र शनिबार ०३:३१

हेम चन्द्र राई/भदौ २५, युएई । युएई स्थित दुबई इमिरेट्समा डिपिएस ( डिपार्टमेन्ट अफ प्रोटेकटिभ सिस्टम ) सेक्युरिटी गार्डका लागि आएको ३० जना नेपाली अलपत्र परेकाछन । 

रोजगारको लागि  ११ महिना अघि दुबई आएका उनीहरुले शुरुवातदेखि सम्झौता गरे अनुसारको तलब उपलब्ध नगराई अझ पछिल्लो ४ महिनादेखि तलब बिनै बस्न विवस राखिएका छन ।

नेपालस्थित हिमअरब ओभरसिज र एन.सि.एफ मेनपावरबाट ३० जना नेपाली डिपिएस सेक्यूरीटी गार्डलाई दुवईको लिडर सेक्यूरीटी सर्भिस कम्पनीमा आएका थिए ।

स्वदेशमा२६ दिन १२ घण्टाको दरले काम गरे १७८२ दिराम, ३० दिन काम गरेमा २०८२ दिराम तलब दिने सम्झौता भएको थियो । सम्झौता अनुसारको तलब उपलब्ध नगराई कहिले २००, ३०० कहिले ९००, १२०० दिराम मात्र दिएको पीडितहरुले बताएका छन । सम्झौता अनुसार १२०० बेसिक र बाकी २६ दिन १२ घन्टाले काम गर्दा ५७२ ओभर टाइम गरि १७८२ कम्पनीले सेकुरिटीलाई उपलब्ध गराउनु पर्नेहुन्छ ।

बिगत चार महिनाबाट एक पैसा पनि तलब नपाएको पीडितहरुले नेपाल राजदुतावासमा समेत गुनासो राख्दा पनि समस्यको  समाधान नभएको र दूतावासबाट राम्रो पहल नभएको दुखेसो पीडितले राखे । 

कम्पनीसँग सम्झौता गरेको सेवा सुविधा बारेमा कुरा राख्दा स्थानीय गुण्डा ल्याएर क्याम्पमा आएर धम्क्याउने पीडितलाई त्रासले काबुमा राख्ने परिपाटी लिडर सेकुरिटी सर्भिसका म्यानेजमेन्टले गर्ने गरेको पीडितहरुको कथन छ ।

कानुनी हिसाबले पीडितहरु लेवर कोर्टमा मुद्दा गर्दा पनि चाडो मुद्दाको फैसला नगरी पटकपटक म्याद मात्र थपेको र अहिले लेवर कोर्ट जानसम्म पैसा नभएको पीडित कामदारहरुले आफुहरु अलपत्रमा परेको बताएका छन् ।

आफुसित भएको पैसा सबै सकिएको र अब खानको लागि पनि एक पैसा नभएकोले सरकार सङ तत्काल उदार गरी स्वदेश फिर्ता गरि दिनुहुन सम्बन्धित निकायहरुमा आग्रह गरेका छन् । अझै पनि नेपालबाट उक्त कम्पनीमा कामदारहरु पठाइरहेको हुँदा त्यसलाई पनि समस्या समाधान नभएसम्म रोक्न उनीहरुले सरकारसमक्ष आग्रह गरेका छन् ।

यस अघि सो कम्पनी चारसाल पहिला ९ जना नेपाली युवाहरूलाई लपपत्र पारेर ७ महिनामा स्वदेश आफ्नै खर्चमा स्वदेश फर्केका थिए । उनीहरुले त्यो समयमा रामादानको समयमा बेलुका दिनभरको छाकटार्न मस्जिदमा दानको खाना मागेर खाएर स्वदेश फिरेको पुर्व पीडित सुरेस राईले अहिले बताएका छन । हामीले एक छाकको लागि मस्जिदमा गएर मागेर खान विवस पारेको थियो उनले यी दु:खद कुरालाई निकै मर्महात तवरले बताए । 

उनले बताए अनुसार नेपाल सरकारले सो लिडर सेकुरिटी कम्पनीमा १०० देखि १५० सेकुरिटी कर्यरत छन अब आउने समयमा नेपाल सरकारले सो कम्पनीले पटकपटक नेपाली श्रमिक युवाहरूलाई अलपत्र पार्दै आएकोले रोग लगाउन माग समेत गरे। " हिजो हामीले ७ महिनासम्म आएर एक पैसा पनि नपाई आफ्नै पैसामा स्वदेश फर्केर जानु पर्यो  अहिले पुन ३० जना अलपत्र समाचार सुन्दा मर्माहत भएको छु उनले बताए । "

दुबई सेकुरिटी कम्पनीहरुमा तलब समयमा नै उपलब्ध नगराउने , छुट्टी हप्तामा एक दिन नदिने , होस्टेल निकै टाढा , सामान्य लेवर होस्टेलमा सेकुरिटीहरु लाई राख्ने , उपचारको राम्रो प्रवन्ध नहुने स्वास्तो होस्टेलमा राख्ने जस्ता समस्य अझैसम्म दुबई डिपिएस सेकुरिटी कम्पनीमा समस्य रहेकाछन । 

फितलो म्यानेजमेन्टको कारण सुरक्षाको लागि गएको नेपाली युवाहरूलाई लाई आकर्षक डिपिएस सेकुरिटी गार्ड र दुबई सरकारले वीरहरुको बहादुरको गाथाले नेपाली युवाहरूलाई धेरै लिएको भए पनि सरकारले भने जस्तो सेवा सुविधाबाट अझैसम्म बन्चित नै छन । यो तर्फ राज्यको दायित्व अझै श्रम सम्झौता ५ लाख भन्दा धेरै रहेको युएईमा नहुनु वैदेशिक रोजगारमा रहेको नेपालीहरुको लागि अभिसाप बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ