२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री कुँवर र साउदी अरेबियाका राजदूत हैमदबीच भेट

२०७९, ३१ भाद्र शुक्रबार ०९:३९

भदौ ३१, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदबीच भेटवार्ता भएको छ । राजदूत हैमद मन्त्री कुँवरलाई भेट्न शुक्रबार मन्त्रालय आउनु भएको थियो । 

भेटमा साउदी अरेबियामा काम गर्ने नेपाली श्रमिकको सुरक्षाका विषयमा छलफल भएको छ । मन्त्री कुँवरले साउदी अरेबियामा काम गर्न जाने नेपालीको समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य गर्नु पर्नेमा जोड दिनु भएको थियो । 


उहाँले साउदी अरेबियासँग नेपालले समयमै द्धिपक्षीय श्रम सम्झौता गर्न नसकेकाले श्रम आप्रवासनका क्षेत्रहरु व्यवस्थित हुन नसकेको बताउनु भएको छ । त्यस्तै उहाँले राजदुत हैमदलाई दुई देशबीचको श्रम सम्झौताको काम अगाडी बढीसकेकाले अब चाँडै श्रम सम्झौता हुने जनाकारी गराउनु भयो ।  

उहाँले नेपालबाट साउदीमा सीपयुक्त जनशक्ति पठाउनका लागि त्यहाँको सरकारले पनि सहयोग गर्नु पर्ने बताउनु भयो । त्यस्तै उहाँले साउदीमा काम गर्ने नेपाली कामदारलाई त्यहाँको सरकारले रोजगारको अवधि सकिएपछि बहिर्गमन भिसा समयमै नदिँदा नेपालीले कामदारले समस्या भोग्ने गरेकाले यसमा विशेष सहयोग गरिदिन आग्रह समेत गर्नु भएको छ । 

भेटमा राजदूत हैमदले नेपाल र साउदी अरेबियाको सम्बन्ध  मैत्रीपूर्ण भएकाले नेपाली कामदारले भोग्ने गरेका समस्या समाधानका लागि आफुले सक्दो पहल गर्ने बचन दिनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण