भदौ २८, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य रोक्न माग गरेको छ । 

सङ्घका अध्यक्ष विमल ढाकालले आज विज्ञप्ति जारी गर्दै बायोम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य रोक्न माग गरेको छ । 

सङ्घका अध्यक्ष विमल ढाकालले आज विज्ञप्ति जारी गर्दै बायोम"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जाने कामदारमाथि भइरहेको आर्थिक शोषण रोक्न माग

२८ भाद्र २०७३, मंगलवार १३:२०

भदौ २८, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य रोक्न माग गरेको छ । 

सङ्घका अध्यक्ष विमल ढाकालले आज विज्ञप्ति जारी गर्दै बायोमेट्रिक, माइग्राम, भिएलएन, ओएससीलगायतका नाममा कामदारमाथि वार्षिक करिब रु एक अर्ब ३९ करोड थप आर्थिक व्ययभार पारिएको जनाउँदै तत्काल यस्ता ३९ संस्था बन्द गरिनुपर्ने सङ्घले माग गरेको छ । 

छ महिनाका लागि परीक्षणको रुपमा लागू गरिएको बायोमेट्रिक प्रणाली अवधि सकिएको आठ महिना नाघिसक्दा समेत अवैधानिक तरिकाले ३९ वटा संस्थाले कामदारको स्वास्थ्य परीक्षण कार्य जारी राखेको भन्दै तत्काल सो कार्य रोक्न सङ्घले माग जनाएको छ । 

यसअघि नेपाल सरकारले निर्धारण गरेको रु दुई हजार ६२५ प्रति कामदार स्वास्थ्य परीक्षण शुल्क मात्र लिन पाउने व्यवस्था रहेकोमा बायोमेट्रिक लागू भएपछि रु चार हजार ५०० कामदारबाट लिन थालिएको र अवैधानिक तरिकाले स्वास्थ्य परीक्षण गरी वार्षिक करिब रु ४५ करोड ठगी गरिरहेको सङ्घले जनाएको छ । 

बायोमेट्रिक मेडिकलकै नाममा मलेसियास्थित मे बैंकमा प्रति कामदार रु तीन हजार २०० जम्मा गराई वार्षिक थप रु ३२ करोड ठगी गरिरहेको हुँदा तत्काल बायोमेट्रिक मेडिकल गर्ने संस्था बन्द गरिनुपर्ने सङ्घले माग गरेको छ । 

मलेसिया जाने कामदारले प्रवेशाज्ञा शुल्कबापत रु ७०० मात्रै लाग्ने गरेकामा भिएलएन नेपाल नामक संस्थाले प्रवेशाज्ञा प्रक्रियाको नाममा थप रु तीन हजार २०० लिई वार्षिक करिब रु ३२ करोड ठगी गरिरहेको हुँदा तत्काल भिएलएन नेपाल संस्था बन्द गरिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । 

हालै वान स्टेप सेन्टर (ओएससी) नामक संस्थाले लाजिम्पाटमा कार्यालय स्थापना गरी राहदानी सङ्कलनबापत प्रति कामदार रु तीन हजार २०० लिई वार्षिक करिब रु ३० करोड ठगी गर्न लागिएको सङ्घले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव