१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाले श्रीलंकाबाट १० हजार कामदार लैजाने, नेपालको कोटा घट्न सक्ने

११ आश्विन २०७९, मंगलवार ०६:५७

असोज ११, काठमाडौं | मलेसियाले तत्काल श्रीलंकाबाट दस हजार कामदार लैजाने भएको छ । मलेसियाले श्रीलंकाको खस्किएको आर्थिक अवस्था सुधारका लागि सहयोग पुर्‍याउन उक्त मुलुकबाट दस हजार कामदार लैजाने निर्णय गरेको हो । 

गत आइतबार मलेसियाली मानव संशाधन मन्त्री एम साराभानले श्रमिकको एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रीलंका सरकारको औपचारिक आग्रहअनुसार कामदार लिने निर्णय गरिएको बताएका छन् । सुरक्षा बाहेकका क्षेत्रमा श्रीलंकाबाट श्रमिक लिने उनले सम्बोधनका क्रममा बताएका छन् । 

Malaysian HR minister now makes inconsistent statements – The Business Post

मलेसियाले उद्योग, कृषि, प्रतिष्ठान र निर्माण क्षेत्रमा श्रीलंकाका कामदार लिने भएको हो । रोजगारदाताहरूले सरकारी निर्णयलाई सम्मान गर्दै आफ्नो तर्फबाट हुने विदेशी कामदार आपूर्तिमा श्रीलंकाका कामदारलाई मौका दिन आग्रहसमेत गरेका थिए । 

मलेसिया नेपालको प्रमुख १० रोजगारदाता देशभित्र पर्छ । आर्थिक वर्ष सुरु भएको २ महिनामा रोजगारीका लागि १२ हजारभन्दा धेरै नेपाली मलेसिया पुगेका वैदेशिक रोजगार विभागको तथ्यांक छ । 

मलेसियाले श्रीलंकाबाट कामदार लिने निर्णय गरेपछि नेपाली श्रम बजारमा केही प्रभाव पर्ने म्यानपावर व्यवसायीहरूले बताएका छन् । मलेसियाले अन्य देशबाट कामदार लिने निर्णय गरेसँगै त्यहाँ रोजगारदाता कम्पनीले नेपाललाई दिँदै आएको कोटा घटाउने उनीहरूको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट