२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाले श्रीलंकाबाट १० हजार कामदार लैजाने, नेपालको कोटा घट्न सक्ने

२०७९, ११ आश्विन मंगलवार ०६:५७

असोज ११, काठमाडौं | मलेसियाले तत्काल श्रीलंकाबाट दस हजार कामदार लैजाने भएको छ । मलेसियाले श्रीलंकाको खस्किएको आर्थिक अवस्था सुधारका लागि सहयोग पुर्‍याउन उक्त मुलुकबाट दस हजार कामदार लैजाने निर्णय गरेको हो । 

गत आइतबार मलेसियाली मानव संशाधन मन्त्री एम साराभानले श्रमिकको एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रीलंका सरकारको औपचारिक आग्रहअनुसार कामदार लिने निर्णय गरिएको बताएका छन् । सुरक्षा बाहेकका क्षेत्रमा श्रीलंकाबाट श्रमिक लिने उनले सम्बोधनका क्रममा बताएका छन् । 

Malaysian HR minister now makes inconsistent statements – The Business Post

मलेसियाले उद्योग, कृषि, प्रतिष्ठान र निर्माण क्षेत्रमा श्रीलंकाका कामदार लिने भएको हो । रोजगारदाताहरूले सरकारी निर्णयलाई सम्मान गर्दै आफ्नो तर्फबाट हुने विदेशी कामदार आपूर्तिमा श्रीलंकाका कामदारलाई मौका दिन आग्रहसमेत गरेका थिए । 

मलेसिया नेपालको प्रमुख १० रोजगारदाता देशभित्र पर्छ । आर्थिक वर्ष सुरु भएको २ महिनामा रोजगारीका लागि १२ हजारभन्दा धेरै नेपाली मलेसिया पुगेका वैदेशिक रोजगार विभागको तथ्यांक छ । 

मलेसियाले श्रीलंकाबाट कामदार लिने निर्णय गरेपछि नेपाली श्रम बजारमा केही प्रभाव पर्ने म्यानपावर व्यवसायीहरूले बताएका छन् । मलेसियाले अन्य देशबाट कामदार लिने निर्णय गरेसँगै त्यहाँ रोजगारदाता कम्पनीले नेपाललाई दिँदै आएको कोटा घटाउने उनीहरूको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी