२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उजुरीबारे समयमा जवाफ नदिने म्यानपावर व्यवसायीलाई कारवाही गर्ने विभागको चेतावनी

२०७९, २७ आश्विन बिहीबार ०५:४७

असोज २७, काठमाडौं | म्यानपावर व्यवसायी विरुद्ध वैदेशिक रोजगार विभागमा परेका उजुरीबारे समयमा नै जवाफ नदिए कारवाही गर्ने वैदेशिक रोजगार विभागले चेतावनी दिएको छ । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र प्राप्त संस्थाको विरुद्व विभागमा दर्ता भएका उजुरीबारे विभागवाट गरिने पत्राचार, आदेश तथा निर्देशनको केहि इजाजतपत्रवाला संस्थाले अटेर गरेको भन्दै विभागले बुधबार एक विज्ञप्ती जारी गर्दै यस्तो चेतवानी दिएको हो ।

उजुरीको विषयमा माग गरिएको प्रमाणसहितको जवाफ तोकिएको समय भित्र पेश नहुँदा विभागले समयमै उजुरी फछ्यौट नसकेको भन्दै आफ्नो संस्था विरुद्व विभागमा दर्ता भएका उजुरी तत्काल फछ्यौट गरी व्यवसायिक कर्तव्य पुरा गरेर वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने कार्यमा सहजिकरण गर्न विभागले यस्तो आग्रह गरेको हो ।

‘वैदेशिक रोजगार ऐन,२०६४ र यस ऐन अन्तर्गत बनेको नियम, आदेश वा निर्देशनको पूर्ण पालना गर्नु हुन सम्बन्धित सवैमा सूचित गरिन्छ । अन्यथा वैदेशिक रोजगार ऐन,२०६४ को दफा ५४ बमोजिम कारबाही भई जाने व्यहोरा समेत सम्बन्धित सवैमा सूचित गरिन्छ ।’ विभागका निर्देशक एवम सूचना अधिकारी कृष्णप्रसाद भुसालले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

नेपाल सरकारबाट वैदेशिक रोजगारका लागि खुला गरिएका श्रम गन्तव्य मुलुकमा वैदेशिक रोजगार ऐन, २०६४ तथा नियमावली,२०६४ को प्रावधान बमोजिम कामदार छनौटका प्रकृया पुरा गरी श्रम गन्तव्य मुलुकमा कामदार पठाउने प्रयोजनका लागि म्यानपावर व्यवसायी विभागमा दर्ता भएर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी