२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् म्यानपावरका नामुद एजेन्ट पदम आले: पासपोर्ट र पैसा अशुल्छन्, सम्पर्कबिहीन हुन्छन् !

२०७९, १५ कार्तिक मंगलवार १४:४२

कत्तिक १५, काठमाडौँ । सरकारले वैदेशिक रोजगार क्षेत्रमा एजेन्ट व्यवस्था खारेज गरे पनि वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई ठग्नेमा तिनै एजेन्ट क्रियाशील रहेको पाइएको छ । वैदेशिक रोजगार विभागले एजेन्टहरुलाई लगाम लगाउन कडाई नगर्दा अधिकांश म्यानपावरहरुमा एजेन्टहरुको हालीमुहाली छ । 

यस्तैमा एक नामुद एजेन्ट पदम बहादुर आले पनि हुन् । सामाखुसी तथा बसुन्धारा क्षेत्रमा रहेका बिभिन्न म्यानपावरहरुसँग मिलेर आलेले सोझा सिधा युवाहरुसँग लाखौँ ठगि गरेको पाइएको छ । म्यानपावरमा एजेन्टको भूमिका खेलि युवाहरुसँग पासपोर्ट र पैसा उठाउदै आएका आलेले पछिल्लो समय धादिङका युवाहरुलाई ठगेका छन् । 


वैदेशिक रोजगारमा पठाइदिने भन्दै ६ जना युवाहरुसँग ५० हजार र एक लाखका दरले अग्रिम पैसा लिएका आलेले लामो समयदेखि पैसा लिएर सम्पर्कबिहीन बनेका थिए । गत भदौमा बसुन्धरा स्थित एक म्यानपावरमा आकस्मिक रुपमा भेटिएका आलेलाई पीडितहरुले प्रहरीमा बुझाउने डर देखाएपछि आलेले पीडितहरुलाई चेक काटेर दिएका थिए । पीडितहरुलाई बिभिन्न मितिमा चेक काटेर दिएका आलेले पैसा भने नभएको चेक दिएको पाइएको छ । यस सम्बन्धमा उनिहरुले दिएको प्रमाण अनुसार आलेले दिएको चेक बसुन्धरा स्थित 'फलो मि बचत तथा ऋण सहकारी संस्था लि. को रहेको छ । 

पीडितहरुले आफूहरुलाई एजेन्ट आलेले सहकारीको चेक दिएर समेत झुक्याएको बताएका छन् । करिव डेढबर्ष अघि आलेले युवाहरुसंग टर्की पठाउने भनेर पासपोर्ट र अग्रिम पैसा अशुली गरेका थिए । पछि टर्की पठाउन सकिएन भन्दै बिभिन्न म्यानपावर देखाएका थिए । 

आले आवद्ध भएका केहि म्यानपावरहरुका अनुसार यिनले आफ्नोमा केहि समय काम गरे पनि छोडिसकेको दावी गरेका छन् । म्यानपावरहरुले आलेको नाममा 'PRO' को परिचय सहितको भिजिटिङ कार्ड समेत बनाइदिने गरेको पाइएको छ । आलेले पीडितहरुलाई पटक-पटक पैसा फिर्ता दिने भने पनि पैसा फिर्ता नदिएको पीडितहरुको भनाई छ । आलेकै कारण आफूहरु वैदेशिक रोजगारको आशामा डेढ बर्षदेखि झुल्नुको साथै ठगि भएपछि अब न्याय नपाइने हो कि भन्ने त्रासमा बसेको पीडितहरुले बताए । पीडितहरुले आले बिरुद्धको प्रमाण सहित वैदेशिक रोजगार बिभागमा उजुरी दिने बताएका छन् ।

आलेले पीडितहरुलाई दिएको केहि चेकहरु:

एजेन्टका हालीमुहाली सरकारी निकाय मुकदर्शक 

पछिल्लो समय बिभिन्न म्यानपावरहरुबाट परिचालित भएका एजेन्टहरुले युवाहरुसँग वैदेशिक रोजगार अगावै अशुली उठाउने, अन्तर्वार्ता पास गराइदिने नाममा अशुल्ने देखि चर्को लागत अशुलीमा म्यानपावरलाई सहयोग गर्ने गर्दै आएका छन् । एजेन्ट खारेजी भईसकेको अवस्थामा एजेन्टको सक्रियता बढ्दै गर्दा एजेन्ट प्रमाणित भए वैदेशिक रोजगार ऐन अनुसार कारवाही हुँदा तीनदेखि ७ बर्षसम्मको कैद सहाय र अशुली भएको पैसा सहित ५० प्रतिशत थप जरिवाना गराउने कानुनी प्रावधान छ । तर सम्बन्धित निकायको ध्यानाकर्षण सक्रिय एजेन्टहरु माथि नहुँदा युवाहरु ठगीमा पर्दै आएका छन् । 
एजेन्टले वैदेशिक रोजगारीमा पठाउने प्रावधान नभए पनि तिनले ठगी गरेको भन्दै विभागमा सयौं उजुरीहरु परेका छन् । एजेन्टमार्फत वैदेशिक रोजगारीमा जाँदा खर्च बढ्ने जान्दाजान्दै पनि म्यानपावरहरुले एजेन्ट बिना काम नगर्ने हुँदा बाध्य भएर एजेन्ट समाउन पर्ने अवस्था आउने गुनाशो युवाहरुको छ । म्यानपावरको ठगी केहि साइजमा आए पनि तिनै म्यानपावरले अप्रत्यक्ष रुपमा एजेन्टहरुको संरक्षण गर्दा व्यक्तिगततर्फको ठगी भयावह बन्दै गएको छ । म्यानपावरहरुले एजेन्ट संरक्षण गर्दा एजेन्टका -याकेट अन्त्य गर्न सरकारले समेत कडा कदम नचालेको कारण ठगि बढेको पाइएको छ । त्यसो त एजेन्टले ठगी गरेको रकम पिडितहरुलाई दिलाउन समेत ठूलो कानुनी झन्झट रहेको पीडितहरुले गुनाशो गर्दै आएका छन् ।  
 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी