२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा पठाउने भन्दै ८४ लाख रुपैयाँ ठगीको आरोपमा एक जना पक्राउ

२०७९, १६ कार्तिक बुधबार १२:०७

कात्तिक १६, सुनसरी | सुनसरीमा एक पुरुषले वैदेशिक रोजगारीमा पठाउने भन्दै ८४ लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।

पक्राउ पर्नेमा ‘युएस पलाउ जव सर्भिस’ नामक कम्पनीका सञ्चालक सुनसरीको इनरुवा नगरपालिका ३ का ३४ वर्षीय राजीवजङ्ग थापा रहेका छन् ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालका अनुसार वैदेशिक रोजगारीका लागि पलाउ पठाउने भन्दै १२ जनाबाट ८४ लाख ठगी गरेको आरोपमा प्रहरीले  थापालाई पक्राउ गरेको हो ।

उनले ०७३ सालमै जनही सात लाख रुपैयाँ रकम लिएर फरार रहेको एसपी ढकालले जानकारी दिए । थापालाई वैदेशिक रोजगार न्यायधीकरण काठमाडौंले २०७६ असार ८ गते १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवानाको फैसला भएको सुनाएको थियो । यस्तै, बिगो बापत १ करोड २६ लाख भराउने फैसला भएको थियो । तर, थापा फरार रहेका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले मंगलबार (हिजो) पक्राउ गरेको हो । इनरुवा नगरपालिकास्थित गाँउघरबाटै पक्राउ गरी सजाय भुक्तानका लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।

सुनसरीमा आर्थिक वष २०७९।०८० मा मात्रै एक सय ३२ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याएको जनाएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने