२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडी र मलेसिया पठाइदिने भन्दै प्रतिव्यक्ति दुई लाखसम्म ठगी गरेर म्यानपावर फरार

२०७९, १८ पुष सोमबार ११:१४

पुस १८, काठमाडौँ |  युवाहरूलाई बैदेशिक रोजगारीका लागि खाडी तथा मलेसिया लगायत मुलुकहरूमा पठाइदिने भनेर प्रतिव्यक्ति २० हजारदेखि दुई लाख रुपैयाँसम्म असुल गरेर एक म्यानपावर कम्पनी विरुद्द  वैदेशिक रोजगार विभागमा उजुरी परेको छ। 


बनस्थलीमा रहेको ग्लोबल प्राइभेट लिमिटेड कम्पनीले उनीहरूलाई कुवेत, कतार, साउदी, मलेसिया लगायत मुलुकमा पठाइदिने भनेर ठगी गरी फरार भएको हो। सोमबार उक्त म्यानपावरले ठगी गरेको भन्दै २३ जना युवाहरू उजुरीका लागि विभाग पुगेका थिए। गोरखाका विष्णु नेपालीले कुवेतमा हाउसकिपिङ कामका लागि भनेर ७० हजार बुझाएको बताए। 

'मलाई आउने बुधबार उडाउँछु भनेको थियो। तर अहिले त्यहाँ म्यानपावर पनि छैन। एजेन्टको फोन पनि अफ छ,' उनले भने। चितवनका लक्ष्मण परियाले उक्त म्यानपावरले आफू र साथीहरूलाई विभिन्न मुलुकमा रोजगारीको प्रलोभन देखाएर प्रतिव्यक्ति २० हजारदेखि दुई लाखसम्म ठगी गरेको बताए। 'मलाई कुवेतमा ड्राइभिङका लागि पठाउने भनेको थियो। ८० हजार बुझाइसकेको थिएँ,' उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी