२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाले कामदार अभाव कम गर्न नयाँ नियम ल्याउँदै

२०७९, १९ पुष मंगलवार ०८:१५

पुस १९, काठमाडौँ । दक्षिण कोरियाले कामदार अभावलाई कम गर्न नयाँ नियम ल्याउने भएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया आएका कामदारले नयाँ नियम अनुसार एकै पटक १० वर्ष कोरियामा काम गर्न सक्ने छन् । अहिलेको नियम अनुसार पहिलो पटक ३ वर्ष र कम्पनीले चाहेमा थप दुई वर्ष १० महिना मात्रै काम गर्न सक्छन् ।


कमिटेड कामदारको रुपमा कम्पनीले दास्रो कार्यकाल ल्याउन चाहे थप ४ वर्ष १० महिना नै बस्ने व्यवस्था छ । कमिटेड कामदारको लागि केही समयअघि नियम सुधार गरेर घर जानुभन्दा पहिले निरन्तर एउटै कम्पनीमा एक वर्षभन्दा बढी काम गरेको हुनुपर्थ्यो । ४ वर्ष १० महिना नै एउटै कम्पनीमा काम गरे मात्रै कमिटेड कामदारको रुपमा आउन पाउने नियम थियो ।

कोरियाली श्रम मन्त्रालयले नयाँ नियम अनुसार इपिएसमार्फत उद्योग र कृषि क्षेत्रमा काम गरिरहेका कामदारले अब एकै पटक १० वर्ष काम गर्न सक्नेछन् । तर ती कामदारहरुले १८ महिनाभन्दा बढी आफ्नो पहिलो कम्पनीमै काम गरेको हुनु पर्नेछ । साथै विभिन्न कोरियाली संघसंस्थाले दिने प्राविधिक तालिम, कोरियन भाषा दक्षताको आधारमा भिसा दिने जनाएको छ ।

नयाँ नियम अनुसार इपिएसमार्फत कोरिया आउने कामदारको कार्यक्षेत्र पनि थप गरिएको छ । थपिएको कार्यक्षेत्र अन्तरगत कार्गो, फोहोर प्रशोधन सम्बन्धी कार्य, रेष्टुरेन्ट, होटल व्यवसाय, ठूला सवारी तथा यातायात व्यवसाय, उपभोग्य सामान भण्डारण तथा वितरण, ग्यास तथा पेट्रोल पम्प, कुरियर व्यवसाय, हाउसकिपिङ सेवा जस्ता क्षेत्रमा समेत काम गर्न सक्नेछन् । यसअघि औद्योगिक र कृषिमा पशु तथा माछा पालनको काम गर्न पाइन्थ्यो ।

कोभिड–१९ को महामारी पछि कामदारकोे चरम अभाव खेपेको कारियाले विदेशी कामदारलाई लामो समय काम गर्न दिने योजना अन्तर्गत यस्ता नियमहरु ल्याएका हुन् । सरकारले यसअघि इपिएसमार्फत एक वर्षमा ६० हजार कामदार ल्याउने गरेकोमा यो वर्ष १ लाख १० हजार कामदार कोरिया ल्याउनका लागि कोटा निर्धारण गरेको छ । कोरोना महामारी पछि दक्षिण कोरियाले अहिलेसम्म नेपाल लगायत १६ मुलुकबाट ८४ हजार कामदार ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी