१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाले कामदार अभाव कम गर्न नयाँ नियम ल्याउँदै

१९ पुष २०७९, मंगलवार ०८:१५

पुस १९, काठमाडौँ । दक्षिण कोरियाले कामदार अभावलाई कम गर्न नयाँ नियम ल्याउने भएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया आएका कामदारले नयाँ नियम अनुसार एकै पटक १० वर्ष कोरियामा काम गर्न सक्ने छन् । अहिलेको नियम अनुसार पहिलो पटक ३ वर्ष र कम्पनीले चाहेमा थप दुई वर्ष १० महिना मात्रै काम गर्न सक्छन् ।


कमिटेड कामदारको रुपमा कम्पनीले दास्रो कार्यकाल ल्याउन चाहे थप ४ वर्ष १० महिना नै बस्ने व्यवस्था छ । कमिटेड कामदारको लागि केही समयअघि नियम सुधार गरेर घर जानुभन्दा पहिले निरन्तर एउटै कम्पनीमा एक वर्षभन्दा बढी काम गरेको हुनुपर्थ्यो । ४ वर्ष १० महिना नै एउटै कम्पनीमा काम गरे मात्रै कमिटेड कामदारको रुपमा आउन पाउने नियम थियो ।

कोरियाली श्रम मन्त्रालयले नयाँ नियम अनुसार इपिएसमार्फत उद्योग र कृषि क्षेत्रमा काम गरिरहेका कामदारले अब एकै पटक १० वर्ष काम गर्न सक्नेछन् । तर ती कामदारहरुले १८ महिनाभन्दा बढी आफ्नो पहिलो कम्पनीमै काम गरेको हुनु पर्नेछ । साथै विभिन्न कोरियाली संघसंस्थाले दिने प्राविधिक तालिम, कोरियन भाषा दक्षताको आधारमा भिसा दिने जनाएको छ ।

नयाँ नियम अनुसार इपिएसमार्फत कोरिया आउने कामदारको कार्यक्षेत्र पनि थप गरिएको छ । थपिएको कार्यक्षेत्र अन्तरगत कार्गो, फोहोर प्रशोधन सम्बन्धी कार्य, रेष्टुरेन्ट, होटल व्यवसाय, ठूला सवारी तथा यातायात व्यवसाय, उपभोग्य सामान भण्डारण तथा वितरण, ग्यास तथा पेट्रोल पम्प, कुरियर व्यवसाय, हाउसकिपिङ सेवा जस्ता क्षेत्रमा समेत काम गर्न सक्नेछन् । यसअघि औद्योगिक र कृषिमा पशु तथा माछा पालनको काम गर्न पाइन्थ्यो ।

कोभिड–१९ को महामारी पछि कामदारकोे चरम अभाव खेपेको कारियाले विदेशी कामदारलाई लामो समय काम गर्न दिने योजना अन्तर्गत यस्ता नियमहरु ल्याएका हुन् । सरकारले यसअघि इपिएसमार्फत एक वर्षमा ६० हजार कामदार ल्याउने गरेकोमा यो वर्ष १ लाख १० हजार कामदार कोरिया ल्याउनका लागि कोटा निर्धारण गरेको छ । कोरोना महामारी पछि दक्षिण कोरियाले अहिलेसम्म नेपाल लगायत १६ मुलुकबाट ८४ हजार कामदार ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह