२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ स्थित एक ट्रेनिङ सेन्टरबाट करोडौंको ठगि, ९९७ जनाको राहदानी बरामद

२०७९, २३ पुष शनिबार ०३:४५

पुस २३, काठमाडौँ । काठमाडौँ स्थित एक ट्रेनिङ सेन्टरबाट हजारौं युवाहरु वैदेशिक रोजगारको नाममा ठगिएको पाइएको छ । शुक्रबार भएको स्टीङ अप्रेशनको क्रममा उक्त ट्रेनिङ सेन्टरबाट ९९७ जनाको राहदानी बरामद गरिएको छ । 


बाँसबारीस्थित सी स्टार सिपिङ सर्भिसेस एण्ड ट्रेनिङ सेन्टर प्रालि संचालन गरि युवाहरुलाई बिभिन्न देशमा पठाइदिने भन्दै करोडौं रकम अग्रिम अशुली गरेको पीडितहरुले बताएका छन् । यस क्रममा बैदेशिक रोजगार बिभागले उक्त कम्पनीबाट ९९७ जनाको पासपोर्ट बरामद गरि बिभाग लागेको छ । त्यस्तै बिभागले उक्त कम्पनी संचालन भएको घरलाई शील गरेको छ । स्टीङ अप्रेशनको क्रममा ४ वटा झोला र स्कुटरको डिकीमा राखिएको अवस्थामा पासपोर्टहरु फेला परेको हो । 


उक्त कम्पनी काठमाडौँ स्थित गोकर्णेश्वर ६ बस्ने ४४ बर्षीय लाल बहादुर लामाले संचालन गरेको र कम्पनीमा सीईओको रुपमा रोशन न्यौपाने रहेको पाइएको छ । उक्त कम्पनिमा युवाहरुले प्रतिव्यक्ति एक लाखदेखि ५ लाखसम्म अग्रिम बुझाएको पाइएको छ । ठगीमा संलग्न लामाले पैसा अशुलीको लागि आफ्नो ब्ल्यांक चेक दिएर भरोशामा पार्ने गरेको समेत खुलेको छ ।


पछिल्लो समय वैदेशिक रोजगारमा अवैधानिक कारोबार बढ्दै गएको छ । सरकारी निकायबाट यस्ता किसिमका क्रियाकलाप नियन्त्रणमा चासो नभएको कारण ठगिको साम्राज्य फैलिदै गएको गुनाशो बढेको छ ।

यस सम्बन्धित स्थलगत रिपोर्ट तलको भिडियोमा हेर्नुहोस्: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी