११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेनपावर कम्पनीले एक महिनाभित्रमा आफ्नो विवरण अपडेट गर्नुपर्ने

२४ पुष २०७९, आईतवार ०६:१२

पुस २४, काठमाडौँ | वैदेशिक रोजगार विभागले मेनपावर व्यवसायीहरुलाई एक महिनाभित्रमा आफ्नो विवरण अपडेट गराउन निर्देशन दिएको छ । उनीहरूलाई आफ्नो सम्पूर्ण विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा अपडेट गर्न भनेको हो ।  


कतिपय मेनपावर कम्पनीहरूले आफ्नो संस्थालाई कानूनबमोजिम व्यवस्थित रूपमा सञ्चालन नगरेको पाइएपछि विभागले अद्यावधिक गर्न भनेको हो । दर्ता रहेका मेनपावर कम्पनीहरु व्यवस्थित नहुँदा विभागलाई आफ्नो दैनिक कार्य सञ्चालन, प्रशासन सञ्चालनमा समेत बाधा परेको भन्दै विभागले उनीहरूलाई एक महिनाभित्र आफ्नो संस्थाका बारेमा अद्यावधिक विवरणहरू फेमिसमा अपलोड गर्न भनेको हो । 

मेनपावर कम्पनीहरुले कम्पनी रहेको ठेगाना, फोन नम्बर, फ्याक्स नम्बर, इमेलसहित लाइसेन्स, शेयर लगत, गुगल नक्सा, सञ्चालकको नामसहित तीन पुस्ते विवरण, नागरिकता, संस्थाको परिचयपत्र, संस्थामा कार्यरत कर्मचारीको विवरण लगायतका सम्पूर्ण विवरण विभागमा पठाउन भनेको छ । 

वैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्दै सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हक हितको संरक्षण गर्नको लागि वैदेशिकरोजगारऐन २०६४ कार्यान्वयनमा रहेको छ । सोही ऐनको प्रावधान बमोजिम वैदेशिक रोजगार नियमावली २०६४ समेत कार्यान्वयनमा रहेको छ । विभागले सोही आधारमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र प्रदान गर्दै आएको छ र उनीहरूलाई मनिटरिङ गर्दै आएको छ । 

विभागबाट इजाजत प्राप्त गरे पश्चात् प्रत्येक इजाजत पत्रवाला संस्थाले आफ्नो संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने हुन्छ । तर, कतिपय संस्थाहरू व्यवस्थित रूपमा सञ्चालन नभएकाले विभागले अनलाइन प्रणालीमा प्रविष्ट गर्न भनेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह