२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेशियाबाट २०१९ यता फर्किएका कामदारहरूलाई लागत फिर्ता लिन सेन्ट्रल मेडिकेयरको आग्रह

२०७९, २५ पुष सोमबार १०:२३

पुस २५, काठमाडौँ । मलेशियाको सेन्ट्रल मेडिकेयर कम्पनीले मलेसियामा काम गरि अक्टोबर २०१९ भन्दा पछि फर्किएका नेपाली कामदारहरुलाई मलेसिया जाँदा लागेको लागत फिर्ता गर्ने सूचना जारी गरेको छ । मलेसिया स्थित सेन्ट्रल मेडिकेयर, तेलुक इन्ताङ, पेराकले साझा सबाल मिडियालाई यस सूचना बारे जानकारी दिँदै पूर्व कामदारहरुले तिरेको भर्ति शुल्क पूर्व कामदारहरुलाईनै फिर्ता गर्ने कार्यक्रम चलाइएको जनाएको छ । 

जारी सूचना अनुसार मलेसिया स्थित सेन्ट्रल मेडिकेयर एउटा स्थापित पन्जा उत्पादक कम्पनी हो । कम्पनीले आफूहरुले आफ्नो कम्पनीमा जाने कामदारहरुको पक्षमा जिम्मेवार र नैतिक भर्ना प्रक्रिया कार्यान्वयन होस् भन्ने सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएको छ । यस कार्यक्रमको उदेश्य आफ्नो कम्पनीमा स्रोत देशहरुबाट रोजगारमा लगिएका विदेशी कामदारहरुलाई बाध्यकारी श्रम र शोषणकारी अभ्यासहरुबाट मुक्त होउन् भन्ने रहेको कम्पनीले जनाएको छ । कम्पनीले अक्टोबर २०१९ मा सेन्ट्रल मेडिकेयरमा काम गर्न जाँदा विदेशी कामदारहरुले अनावश्यक लागत तिर्न नपरोस् भनेर शुन्य लागतमा कामदार लिने नीति ल्याएको जनाएको छ । यो नीति हाल सेन्ट्रल मेडिकेयरमा रोजगारमा जाने कामदारहरुमा लागू कम्पनीको भनाई छ । 


कम्पनीले सूचनामा उल्लेख गरेको छ – 'यस शुन्य लागतमा भर्ति नीतिको उद्देश्य रोजगार एजेन्टहरु, उप-एजेन्टहरु वा अन्य तेस्रो पक्षहरुले उनिहरुको आफ्नो देशमा हाम्रो विदेशी आप्रवाशी कामदारहरुलाई भर्ति प्रक्रियामा संलग्न गराउने क्रममा देश बाहिर जिविकोपार्जन सुधारको वाचा गरि भुक्तानी गरिने रकम र रिपोर्ट नगरिएका एकतर्फी रुपमा असुल गरिने शुल्क भुक्तानीहरु उन्मूलन गर्नु हो ।' 

अहिले कम्पनीले आफ्नो कम्पनीमा रोजगारमा गएकाहरुलाई एजेन्ट तथा सबएजेन्टहरुले अनावश्यक भर्ति शुल्क लिएको भए फिर्ता गराउने कार्यक्रम भईरहेको जनाएको छ । साथै कम्पनिले आफ्नो कम्पनीमा २०१९ यता कुनै पनि नेपाली कामदारले आफ्नो कम्पनीमा जाँदा लागत तिरेको भए फिर्ता गराउने काम भईरहेको जानकारी दिएको छ । कम्पनीका अनुसार अक्टोबर २०१९ देखि मार्च २०२२ को बिचमा सेन्ट्रल मेडिकेयर छोडेका सबै पूर्वआप्रवासी कामदारहरुलाई कम्पनीले नियुक्त गरेका सेवा प्रदायक संस्थालाई ३१ मे २०२३ भन्दा अगाडि सम्पर्क गरि सुधार भुक्तानी (Remediation Payment) को जानकारी लिनुहुन आमन्त्रित गरिएको छ ।

साथै कम्पनीले कामदारहरुले ९८१०६४७७७४ वा इमेल [email protected] मा सम्पर्क गरेर आवश्यक जानकारी तथा सहयोग लिन सक्नेछन् । 

जारी सूचना हेर्नुहोस्: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी