११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईपीएस मार्फत कोरिया जाने श्रमिकको हवाई भाडा घट्यो

३ माघ २०७९, मंगलवार ०५:५२

माघ ३, काठमाडौं | कोरियन एयरलाइन्स र सरकारबीच भएको समझदारी अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपाली कामदारको हवाई भाडा घटेको छ । 

यसअघि नेपाली श्रमिकहरू निकै महँगो हवाई भाडा तिर्दै कोरिया जान बाध्य थिए । हवाई भाडा निकै महँगो भएको भनेर व्यापक जनगुनासो आएपछि सरकारले हवाई भाडा घटाउने विषय पहल थालेको थियो । यसअघि ईपीएस मार्फत कोरिया जाने कामदारहरूले १२०० डलरभन्दा बढी पैसा तिर्दै आएका थिए । अब भने प्रति कामदारले ८९५ अमेरिकी डलर (एक डलर बराबर १३०.८५ रुपैयाँ हुँदा १ लाख १७ हजार १०८.३३ रुपैयाँ) तिर्नुपर्ने हुन्छ ।


 हवाई भाडा निकै महँगो भएको भनेर व्यापक जनगुनासो आएपछि सरकारले हवाई भाडा घटाउने विषय पहल थालेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र ईपीएस कोरिया शाखाले हवाई भाडा घटाउन पहल गरेको थियो ।

ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले उक्त सम्झौता एक वर्षसम्मको लागि लागू हुने बताए । सम्झौता अनुसार ईपीएस मार्फत कोरिया गएका श्रमिकको मृत्यु भएमा शव नेपाल ल्याउँदा लाग्ने हवाई भाडामा २० प्रतिशत छुट समेत दिइने छ । 

कोरोना महामारीपछि कोरियाले सिधा हवाई उडानमार्फत मात्र नेपाली कामदार लैजाने सर्त राखेको थियो । कोरियन एयरले मात्र नेपालबाट सिधा उडान गर्दै आएको थियो । जसले गर्दा भाडा महँगो हुन पुगेको थियो । ट्रान्जिट गरेर कामदार पठाउन नपाइने भएपछि नेपाली श्रमिकहरू एक मात्र एयरबाट कोरिया जाने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह