२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी निर्वाचित

२०७९, ७ माघ शनिबार ०४:१०

माघ ७, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष पदमा राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । संघकाे शनिबार सम्पन्न भएको २९ औं साधारण सभाले अराेरा ह्युमन रिसाेर्स प्रा.लिका सञ्चालक अध्यक्ष  पदमा निर्वाचित भएका हुन् । 

प्रगतिशील वैदेशिक राेजगार व्यवसायी मञ्च नेपालका तर्फबाट अध्यक्ष उम्मेदवार बनेका भण्डारीले आफ्ना तीन प्रतिस्पर्धीलाई पराजित गरे । एमाले समर्थित मन्चका भण्डारीले १ सय ९९ मत प्राप्त गर्दा नेपाली कांग्रेस निकट नेपाल लाेकतान्त्रिक वैदेशिक राेजगार व्यवसायी एशाेसिएसनका अध्यक्षका उम्मेदवार कुमुद खनालले १ सय ५७ मत पाए । 


त्यस्तै एशाेसिएसनकै तर्फबाट अध्यक्ष पदमा उम्मेदवार बनेका भुवनसिंह गुरूङले १ सय ३१ मत प्राप्त गर्दा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको संयुक्त प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ईश्वर जिसीले १ सय १८ मत पाए । 

यस्तै संघको प्रथम उपाध्यक्षमा मञ्चका डिक बहादुर खत्री कुमार निर्वाचित भएका छन् । खत्रीले २ सय ५३ मत पाए भने उनका प्रतिद्वन्द्वी एशाेसिएसनका किशोर केसीले १ सय ९६, धनलाल जैसीले १४२ र सुरज कुमार घुण्डेले १५ मत पाएका छन् ।

त्यस्तै द्वितीय उपाध्यक्ष पदमा मञ्चका उम्मेदवार सञ्जु गुरूङ २ सय ६३ मत ल्याई विजयी भएका छन् । तृतीय उपाध्यक्ष पदमा मञ्चका उम्मेदवार राेशन कटुवाल १ सय ९२ मत ल्याई विजयी भए । 

महासचिव पदमा निलकमल ह्यूमेन रिसोर्स प्रा.लि.का संचालक समेत रहेका लाेकतान्त्रिक प्यानलका मेघनाथ भुर्तेल २ सय ६३ मत ल्याई निर्वाचित भएका छन् । 

त्यस्तै सचिव पदमा लाेकतान्त्रिक प्यानलका कर्णराज कटुवाल २ सय ४१ मत ल्याई निर्वाचित भएका छन् ।

त्यस्तै काेषाध्यक्ष पदमा मञ्चकी सरिता घले २ सय २८ मत ल्याई निर्वाचित भएकी छन् । 

यता संघको कार्यसमिति सदस्यमा राजेन्द्र बस्नेतले २९१, विक्रम श्रेष्ठले २४६ , देवमाया थापाले २४५ , बैकुण्ठ प्रसाद पाैडेलले २३२, कैलाश पाठकले २३०, देउमान नेम्वाङले २२४, आनन्द काेइरालाले २१८, नारायण भुसालले २१७, ताेरणबहादुर कार्कीले २१२ र चन्द्र बहादुर लिम्बूले २१० मत ल्याएर निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण