१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालीहरुलाई युके सिजनल भिसामा ल्याउन बेलायती फार्महरुले लगाए रोक

१५ माघ २०७९, आईतवार ०९:४८

माघ १५, काठमाडौँ । बेलायतको अध्यागमन प्रणालीले दक्षिण एसियाली आप्रवासीहरू शोषणमा परेको चेतावनी दिएपछि बेलायती फार्महरूले नेपालबाट कामदारहरू भर्ना गर्न रोकेका छन्।

नेपालबाट अस्थायी भिसामा युकेमा कृषि कामदारहरू ल्याउन इजाजतपत्र प्राप्त सबै पाँच भर्ती कम्पनीहरूले सार्वजनिक रूपमा घोषणा गर्दै नेपालीहरुलाई नल्याउने घोषणा गरेका हुन् । यो समाचार फाइनान्सियल टाइम्सले दुई दिन अघिनै छापेको छ । समाचार स्रोतको अनुसार सिजनलमा नेपालबाट लाने पाँचै कम्पनीहरुले यो वर्ष देशबाट कामदारहरूलाई काममा नल्याउने घोषणा गरेको उल्लेख छ ।


अहिले बेलायती फार्महरूमा तीव्र श्रमिकहरुको अभाव सृजना भएको छ । नेपालीहरुले युके सिजनल भिसामा जाने क्रममा बिभिन्न कन्सल्टेन्सी र बिचौलियाहरु प्रयोग गर्दै लाखौँ खर्च गरेर युके जाने गरेको अवस्था थियो । यो समाचार तयार पार्दै गर्दा कतिपयले अहिले पनि सिजनलमा लैजाने भन्दै प्रलोभनमा पारेर अशुली गरिरहेको सूचना साझा सबाल मिडियाले संचालन गरेको वैदेशिक रोजगार एप मार्फत आईरहेको छ । 

सिजनल भिसामा युके गएकाहरुलाई सम्पर्क गरि त्यसै देशबाट बाह्य देशमा समेत पठाउने सर्त राखेर एजेन्टहरुले आर्थिक रुपमा चर्को लागत लिने गरेको समेत बताइएको छ । त्यस्तै निश्चित समयको लागि गएकाहरुले त्यहाँ गएर केहि दिनमै भाग्नुको साथै अन्यत्र देश जानको लागि ६ लाखसम्म नेपाली रकम छिट्टै खर्चिने गरेको समेत जानकारी प्राप्त भएको छ । 

बिचौलियाहरुको बिगबिगिको सिकार रोक्न नसक्दा नेपालले पाउने आकर्षक सिजनल भिसा अन्तर्गत अन्य देशको मौषमी रोजगार समेत प्रभावित हुन सक्ने आशंका गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो