२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलमा नेपाली कामदार पठाउने प्रक्रियामा सुधार गरिँदै

२० माघ २०७९, शुक्रबार ०७:०३

माघ २०, काठमाडौँ | इजरायलमा जीटुजीमार्फत नेपाली कामदार पठाउने प्रक्रियामा सुधार गरिने भएको छ । इजरायलले थप कामदार माग गर्दै आएको सन्दर्भमा प्रक्रिया सुधार गर्न लागिएको हो । हाल गइरहेका सहायक कामदार (केयरगिभर) को कामप्रति इजरायली कम्पनीहरू सकारात्मक देखिएका छन् । जसले गर्दा उनीहरूले थप कामदारको डिमाण्ड गर्दै आएका छन् । 

त्यसका लागि नेपाली र इजरायली अधिकारीहरूबीच पटक पटक छलफल भइरहेको छ । १ फेब्रअरीमा मात्रै इजरायली अधिकारीहरूसँग जुम मार्फत कुराकानी भएको थियो । उक्त छलफलको क्रममा नेपाली अधिकारीहरूले छनौटमा परेका केयरगिभरहरू अहिलेसम्म इजरायल जान नपाउनेको विषयमा कुराकानी गरेका थिए । त्यस्तै कामदार छनौट प्रक्रियामा छिटो, सरल र सहज बनाउने विषयमा समेत छलफल भएको थियो । 


वैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवारले छिटो भन्दा छिटो कसरी कामदार छनौट र पठाउने सकिने भन्ने विषयमा छलफल भएको बताए । ‘३/४ विषयमा कुराकानी भयो । कामदार छनोटको प्रक्रिया लामो भयो कसरी छिटो पठाउन सकिन्छ भन्ने विषयमा छलफल भयो । त्यस्तै कुन कुन क्षेत्रमा कामदार पठाउन सकिन्छ भन्ने विषयमा समेत कुरा भयो,’ निर्देशक सुनुवारले भने ।  

इजरायलले थप केयरगिभर पनि माग गरेको छ । त्यस्तै कृषि क्षेत्रका लागि एक हजार जना कामदार माग गरेको थियो । कामदार छनौट प्रक्रियामा हुने गरेको ढिलाइ, छनौटमा परेका कामदार लैजान भइरहेको ढिलाइलगायतका विषयमा छलफल भएको निर्देशक सुनुवारले बताए । 

छिटो भन्दा छिटो कसरी कामदार पठाउन सकिन्छ भन्ने विषयमा छलफल भएको उनको भनाइ छ । ‘कामदार छनौट प्रक्रिया निकै लामो र झन्झिटिलो भयो यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा हाम्रो तर्फबाट राखेको थियौँ । त्यसमा के के सुधार गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो,’ निर्देशक सुनुवारले भने । 

अरु क्षेत्रमा पनि कामदार पठाउने विषयमा अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको अवस्था छ । उक्त कार्यदलले अध्ययन प्रतिवेदन सरकारलाई बुझाएपछि थप गृहकार्य अगाडि बढ्नेछ । 

गत वर्षको माघबाट केयरगिभरलाई इजरायल लैजान थालिएको थियो । तर, अहिलेसम्म पनि सबैलाई लैजान सकिएको छैन । छनौटमा परेका सबै कामदारलाई पठाउन ढिलाई भइरहेको विषयमा नेपाली पक्षले इजरायली अधिकारीसँग प्रश्न गरेका थिए । जवाफमा उनीहरूले सबै कुरा आफ्नो हातमा नहुने र कम्पनीहरूले आवश्यकताको आधारमा कामदार बोलाउँदा ढिलाई भएको बताएका थिए । 

अबका प्रक्रियालाई छिटो र छरितो हुने गरी अगाडि बढ्नुपर्नेमा दुवै पक्षमा एकमत रहेको निर्देशक सुनुवारले बताए ।  हालसम्म छनौटमा परेका १ हजार १७५ मध्ये अहिलेसम्म १ हजार १९ जना कामदार इजरायल पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य