२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

सम्बन्धित मुलुकबाटै श्रम स्वीकृतिको म्याद थप गर्ने व्यवस्था हुँदै, प्रधानमन्त्री कार्यालयमा पुग्यो फाइल

२०७९, ३० फाल्गुन मंगलवार १०:३५

फागुन ३०, काठमाडौँ | सरकारले वैदेशिक रोजगारीमा पुगेका कामदारले श्रम स्वीकृतिको म्याद बढाउन अब नेपाल फर्किनु नपर्ने व्यवस्था ल्याउन लागेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि बनाएर प्रधानमन्त्री कार्यालयमा पेस गरेको छ। 

श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हालेका कारण स्वीकृतिको लागि फाइल प्रधानमन्त्री कार्यालयमा पठाइएको हो । 

मलेसिया, कतार, दुबई लगायत मुलुकमा श्रम स्वीकृति लिएर गएका कामदारहरू म्याद थप गर्न नेपाल आउजाउ गर्दा झन्झटसँगै आर्थिक भार पर्ने देखिएपछि सरकारले यो कार्यविधि बनाएर लागू गर्न लागेको स्रोतले बतायो। 

मन्त्रालयका अनुसार दुई वर्ष श्रम स्वीकृति लिएर बसेका तर अवैध रूपमा काम गरिरहेका कामदारलाई समस्या पर्दा उद्धार गर्न अहिले नेपाल सरकारलाई समस्या भइरहेको छ। अव यो कार्यविधि लागू भएपछि ती कामदारले सम्बन्धित मुलुकमा रहेको दूतावासमै गएर वा बैंकिङ प्रणालीमार्फत दस्तुर तिरेर श्रमको म्याद थप्न सक्छन्। 

मन्त्रालय स्रोतले भन्यो, ‘हामीले कार्यविधि बनाएर प्रधानमन्त्री कार्यालयमा पेस गरेका छौँ, प्रधानमन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्छ।’ मन्त्रालयका अनुसार ०७८/०८९ मा मात्रै तीन लाख ४८ हजार नौ सय २१ जना कामदार श्रमस्वकृति लिएर वैदेशिक रोजगारीमा छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश