२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

राजु लामा र मेलिना राईको स्वरमा रिमेक भएर आयो ‘झरनाको चिसो पानी’ (भिडियो)

१२ चैत्र २०७९, आईतवार ०६:०८

चैत १२, काठमाडौँ | ‘झरनाको चिसो पानी’ गीत नगुनगुनाउने नेपाली सायदै भेटिएलान् । गीतका रचनाकार सुरेश अधिकारीकै स्वरमा सुन्दै आएका गीतका पारखीहरूले अब यो गीत अन्य दुई गायक गायिकाको स्वरमा सुन्न पाउने भएका छन् ।


दुई दशक भन्दा लामो इतिहास बोकेको गीतकार तथा गायक सुरेश अधिकारीको यो गीत यतिखेर नयाँ स्वरमा बजारमा आएको छ ।

सगरमाथा डिजिटल प्रा.लीले गीतलाई रिमेक गरेको हो । जसमा गायक राजु लामाले स्वर दिएका छन्। यो गीत गायिका मेलिना राईको स्वरमा पनि सुन्न सकिनेछ।

सार्वजनिक गीतमा सङ्गीत संयोजन योगेश काजी शाहले गरेका छन् भने मिक्सिङ्ग ,रेकर्डिङ र मास्टरिङ्ग पवन विश्वकर्माले गरेका हुन् ।

गीतकार अधिकारीको शब्द रचनामा सजिएको यस गीतमा नीरज कुमार सुनारको सङ्गीत रहेको थियो । कम्पनीले अहिले गीतमा एरेन्ज मात्रै बदलेर रिमेक गरिएको जानकारी दिएको छ ।

‘सबै गीतको रिमेक हुने भाग्य हुँदैन, यो उत्कृष्ट गीत भएकाले रिमेक गरिएको हो,’ कम्पनीका अध्यक्ष हिरा केसीले बताए । गीत रिमेक गर्न रचनाकार, सङ्गीतकार तथा गायक सबै पक्षसँग अनुमति पाएको उनको भनाइ छ 

मौसम हिमाली निर्देशित यस भिडियोलाई अनिल के मानन्धरले निर्माण गरेका हुन् । भिडियोमा अभिनेता पुष्प खड्का र ललना चिमरियाले अभिनय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…