२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

एआई प्रविधिबाट बन्यो नेपाली चलचित्रको पोस्टर

१९ चैत्र २०७९, आईतवार १२:१७

चैत १९, काठमाडौँ | विश्व सूचना प्रविधि क्षेत्रमा कृत्रिम बौद्धिकता (आर्टिफेसिएल इन्टिलिजेन्ट–एआई) को छुट्टै स्थान छ । 

केही समययता लोकप्रिय भइरहेको एआई मानव निर्मित प्रविधि हो, जसमा मानिस सरह सोच्ने, बोल्ने र व्यवहार गर्ने क्षमता हुन्छ । गुगल, माइक्रोसफ्ट, लेनोभो जस्ता सूचना प्रविधिसँग प्रत्यक्ष सरोकार राख्ने हार्डवेयर तथा सफ्टवेयर उत्पादकहरू एआईमा काम गरिरहेका छन् । इन्टरनेट प्लेटफर्ममा एआई प्रविधिको च्याटजिपिटी निकै चर्चित छ । 


च्याटजिपिटीले सूचना सङ्कलन गरेर नयाँ ढङ्गले सूचना प्रस्तुत गर्नका लागि जेनेरेटिभ एआई प्रविधिको प्रयोग गर्छ, अर्थात ओपन सोर्समार्फत सूचनाहरू निर्माण गर्ने काम गर्छ । यसै प्रविधिमार्फत नेपाली चलचित्रको पोस्टरसमेत तयार गरिएको छ । प्रिक्सा टेक्नोलोजीले डेभलप गरेको रिरी (एआई) बाट चलचित्र ‘बहाव’ को पोस्टर तयार गरिएको छ । मुख्य पात्र सुरक्षा पन्तको तस्बिर र कथावस्तुको जानकारी राखिएपछि रिरीले तयार गरेको पोस्टर निर्माण पक्षले सार्वजनिक गरेको छ । परीक्षणमै रहेको रिरीमार्फत तयार भएको पोस्टर कथावस्तुको भावअनुसार नै रहेको निर्माता श्रीधर पौडेलले जानकारी दिनुभयो । 

“केही नयाँ गरौँ भन्ने भावले एआईको सहायताले पोस्टर तयार गर्यौँ । परीक्षणमै रहेको आएको नतिजाले हामी उत्साहित छौँ”, निर्माता पौडेलले भन्नुभयो, “यसले आगामी दिनमा आत्मनिर्भर चलचित्रकर्मीलाई सहायता पुग्नेमा विश्वस्त छु । प्रविधिसँगै अगाडि बढ्ने क्रममा गरिएको परीक्षण सफल भएको छ ।” उहाँले रिरी अहिले परीक्षणमै रहेकाले सार्वजनिक सेवाका निमित उपलब्ध नभएको जानकारी दिनुभयो । निर्माता पौडेलले यस अगाडि नेपाल सरकारबाट प्रदान गरिने ‘राष्ट्रिय पुरस्कार’ प्राप्त चलचित्र ‘गोपी’ निर्माण गर्नुभएको थियो ।

परीक्षण सफल भएमा आगामी दिनमा प्रिक्साले निःशुल्क वा शुल्क निर्धारण गरेर सेवा दिने तयारी गरिरहेको जानकारी दिएको छ । चैत २४ देखि प्रदर्शन हुने ‘बहाव’ को प्रचारशैली भौतिकको तुलनामा डिजिटल प्रविधिमा बढी केन्द्रीत देखिएको छ । प्रमोद कँडेल निर्देशित ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित चलचित्रमा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठले अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…