२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

नेपाली कलाकारलाई भारतीय चलचित्रमा देख्न चाहन्छुः भारतीय निर्देशक द्विवेदी

२० चैत्र २०७९, सोमबार ०७:०९

चैत २०, ललितपुर | भारतीय चलचित्र निर्देशक डा चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताउनुभएको छ । 

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आइतबार साँझ आयोजना गरेको अन्तरक्रियामा उहाँले नेपाल र भारतबीच भाषा र संस्कृतिमा धेरै समानता रहेको भन्दै नेपाली कलाकारले भारतीय चलचित्र क्षेत्रमा काम गर्न सक्ने धारणा राख्नुभयो । 


“भारतमा विभिन्न देशबाट आएर चलचित्र क्षेत्रमा स्थापित भएका कलाकार प्रशस्तै छन्”, उहाँले भन्नुभयो, “तर नेपाली कलाकारको सङ्ख्या न्यून छ, जबकी हामीबीचको भाषा र संस्कृति धेरै हदसम्म मिल्छ ।” अभिनेता तथा लेखक समेत रहनुभएका डा द्विवेदीले आफूले निर्माण गर्ने आगामी दुई चलचित्रको अडिसन नेपालमा गर्ने समेत स्पष्ट पार्नुभयो । उहाँले ती चलचित्रको स्क्रिप्ट लेखन जारी रहेको र नेपाली कलाकारलाई अभिनय गराउने बताउनुभयो । 

उहाँले धेरै समयअघि भारतीय अभिनेता अमिताभ बच्चनलाई नेपालमा ल्याएर सुटिङ गर्ने योजना बनाएको स्मरण गर्नुभयो । “अमिताभ बच्चनलाई सुटिङ गराउन नेपाल ल्याउनका लागि केही लोकेसन पनि हेरेँ, तर विमानस्थलको भिडले छायाङ्कन गर्न सकिन्न कि भन्ने लाग्यो”, उहाँले भन्नुभो, “अहिले आएर म गलत थिए कि भन्ने लागिरहेको छ ।”

उहाँले आफू सन् २००४ मा नेपाल आएको र चितवनबारेमा भारतीय चलचित्रमा उल्लेख गरेको बताउनुभयो । डा द्विवेदी निर्देशित सन् १९९१ मा प्रशारण भएको टेलीशृङ्खला ‘चाणक्य’बाट चर्चा कमाउनुभएको थियो । चाणक्यमा उहाँले लेखन तथा अभिनय समेत गर्नुभएको थियो । अन्तरक्रियामा उहाँले चलचित्रसम्बन्धी तीन दशक लामो अनुभवका विषयमा चर्चा गर्नुभएको थियो । 

 अन्तरक्रियामा अभिनेता राजेश हमाल, अभिनेत्री सुरक्षा पन्त, निर्देशक कुमार भाष्कर, नरेश पौडेल, पुर्नेन्दु झाका साथै अभिनेता कमलमणी नेपाल, भोलाराज सापकोटा, लेखक समीप्याराज तिमल्सेनालगायतको उपस्थिति थियो । 

अभिनेता हमालले निर्देशक द्विवेदीलाई नेपालमा स्वागत गर्दै भारतीय चलचित्रको विषयमा चर्चा गर्नुभएको थियो । “नेपालमा चलचित्रकै माध्यमबाट केही मात्रामा भए पनि हिन्दी भाषा बुझ्नेहरु हुनुहुन्छ”, उहाँले द्विवेदीलाई भन्नुभयो, “तपाईंहरुको कामको यहाँ पनि चर्चा हुन्छ ।” हमालले चलचित्रका माध्यभबाट नेपाली र भारतीय कलाकार जोडिएको भनाइ व्यक्त गर्नुभयो । 

निर्देशक डा द्विवेदीले चलचित्र पिञ्जर, जेड प्लस, मोहल्ला अस्सी, सम्राट पृथ्वीराज र टेलीशृङ्खला मृत्युञ्जय, एक और मोहब्बत, उपनिषद गङ्गा, सुराज्य संहिताको निर्देशन गर्नुभएको छ । उहाँले सन् २०२२ मा प्रदर्शन भएको भारतीय चलचित्र ‘राम सेतु’ मा अभिनेता अक्षय कुमारसँग निर्माणमा सहकार्य गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…