२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

गीतकार श्रेष्ठ र वरिष्ठ प्रसारक लामा सम्मानित

२० चैत्र २०७९, सोमबार ०८:४३

चैत २०, काठमाडौँ | रेडियो नेपालले यस वर्षको राष्ट्रिय स्रष्टा सम्मानबाट वरिष्ठ गीतकार, गायक तथा सङ्गीतकार माधव श्रेष्ठ ‘मोहित’ र वरिष्ठ प्रसारक धन लामालाई सम्मान गरेको छ ।

रेडियो नेपालको ७३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रू ५१ हजार  राशिसहित सो सम्मान प्रदान गर्नुभयो । 


कार्यक्रममा वार्षिकोत्सवका अवसरमा आयोजित ‘आधुनिक गीत प्रतियोगिता’ मा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः ममता गुरुङ (कास्की) मुना ठटाल (पाँचथर) र सरोज परियार (भक्तपुर) लाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । 

सोही अवसरमा सञ्चार मन्त्रालयका सचिव तथा रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष कृष्णबहादुर राउतले रेडियो नेपालले  अल्पसङ्ख्यक, पिछडिएका, आदिवासी, जनजातिसहित सबै नेपालीको  रुचि र मागअनुरुपका प्रसारण सामग्रीका माध्यमबाट समाज परिर्वतनमा समेत सकारात्मक भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । 

‘राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार’ रेडियो नेपालले संसारमा आएको नवीनतम प्रविधिको उपयोग गर्दै आफ्नो प्रसारण सेवा करिब ९२ प्रतिशत जनसङ्ख्यामा पु¥याएको छ । विसं २००७ चैत २० गते स्थापना भएको रेडियो नेपालले हाल २१ भाषामा समाचार र २० भाषामा कार्यक्रम एवं समयसापेक्ष गीत/सङ्गीतलगायत कार्यक्रम प्रस्तुत गर्दै आएको छ । 

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विगत वर्षदेखि नै  रेडियो नेपालले आफ्नो प्रसारण भुसतही र डिजिटल दुवै प्रविधिमा सञ्चालन गरिरहेका कारण रेडियो नेपाल, नेपालभित्र र विदेशका जुनसुकै ठाउँमा पनि सुन्न सकिने बताउनुभयो ।  

हाल रेडियो नेपालले मिडियम वेभ, एफएम र डिजिटल प्रविधिमार्फत सेवा सञ्चालन गरिरहेको छ । डिजिटल प्रविधिमा रेडियो नेपाल एप, ओटिटी, न्युज पोर्टल र सोसल मिडियामार्फत आफ्नो प्रसारणलाई विश्वभरि फैलाएको छ । यसै वर्षदेखि डिआरएम प्रविधिमा पनि रेडियो नेपालले आफ्नो प्रसारण सञ्चालन गर्ने तयारी गरिसकेको छ । 

निर्देशक केसीले भन्नुभयो, “स्रोताको रोजाइ र सुलभ प्रविधिका कारण नेपालमा एफएम रेडियोको लोकप्रियता बढ्दो छ, यसै तथ्यलाई मनन गरी रेडियो नेपालले एफएम व्याण्डमा देशैभरि आफ्नो प्रसारण पहुँच वृद्धि गर्दै लैजाने लक्ष्य लिएको छ, एफएम÷एएमको डिजिटल प्रविधिमा रुपान्तरणका लागि आवश्यक अध्ययन प्रतिवेदन तयार गर्ने कार्य पनि अन्तिम चरणमा पुगेको छ ।” 

पन्ध्रौँ पञ्चवर्षीय योजनासम्ममा रेडियो प्रसारणको पहुँच शतप्रतिशत भू्भागमा पु¥याउने नेपाल सरकारको नीतिअनुरुप यसवर्ष गण्डकी प्रदेश पर्वत जिल्लाको दुर्लङकोट, कोशी प्रदेश पाँचथर जिल्लाको सिलौटीडाँडा र लुम्बिनी प्रदेश दाङ जिल्लाको चौपट्टामा एफएम रिले स्टेसनमार्फत प्रसारण आरम्भ गरिएको छ । 

प्रसारण पहुँच वृद्धिको योजनालाई निरन्तरता दिएको छ भने नयाँ स्थापना भएका एफएम रिले स्टेसनसहित रेडियो नेपालका एफएम रिले स्टेसनको सङ्ख्या ३० पुगेको प्रतिवेदनमा उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य