२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

प्रसाद-२ निर्माता सुवास थापाविरुद्ध साढे ६२ लाख रुपैयाँको चेक बाउन्समा मुद्दा दायर

२० चैत्र २०७९, सोमबार ११:२९

चैत २०, काठमाडौँ | चर्चित निर्माता सुवास थापाविरुद्ध चेक बाउन्सको मुद्दा दर्ता भएको छ । काठमाडौं प्रहरी परिसरमा केशव पाण्डेले ६२ लाख ५० हजार रुपैयाँको चेक बाउन्स मुद्दा दर्ता गरेका हुन् । काठमाडौं प्रहरी परिसरका निमित्त प्रवक्ता निरन्जन भट्टले अनुसन्धान भइरहेको बताए । ‘जाहेरी आएको छ । अनुसन्धान हुँदैछ’, डीएसपी भट्टले भने ।

यता निर्देशक थापाले सामाजिक सन्जालमार्फत आफूले समयमा रकम तिर्न नसकेको स्वीकार गर्दै प्रसाद–२ रिलिज भएपछि हरहिसाब मिलाउने भन्दै सहयोग गर्न आग्रह गरेका छन् ।सामाजिक संजालमा स्टाटस लेख्दै आफ्नो नियत गलत नभएको बताएका छन् ।

उनले लेखेका छन्, ‘मेरो नियत खराब हैन नियतिको कारण मैले वचन पूरा गर्न नसकेको हो । चलचित्र रिलिजपछि सबै रकम पहिला तिर्नु पर्नेलाई तिरी मात्र‌ म आफ्नो भागको रकम लिनेछु।’

सुरुवाती दिनबाट नै विवादमा जेलिँदै आएको यो चलचित्र माघ मै रिलिज हुने कुरा थियो । माघमा रिलिज गर्ने तयारीका कारण थापाले तिर्नुपर्ने रकम माघ पछिको भाखामा तिर्ने वचनवद्धता प्रकट गरेका थिए । तर, चलचित्र समयमा रिलिज हुन नसक्दा उनी आफ्नो वचनबाट चुके ।

उनले चलचित्र रिलिजको सम्पूर्ण तयारीमा रहेको हुँदा चलचित्र प्रदर्शनमा सहयोग गरिदिन सबैमा अनुरोध गर्दैै लेखेका छन, ‘मेरो नियत खराब होइन ।

नियतिको कारण मैले वचन पुरा गर्न नसकेको हुँ । चलचित्र रिलिजपछि सबै रकम पहिला तिर्नुपर्नेलाई तिरेर मात्र म आफ्नो भागको रकम लिनेछु ।’

चलचित्र रिलिजपछि हलबाट आउने सबै रकम चलचित्रसँग सम्बन्धित कुनै संस्थामा रहने र सबैको हिसाब त्यहीबाट तिर्नुपर्नेलाई दिने कुरा उनले आफ्नो स्टाट्समा उल्लेख गरेका छन् ।

‘यो चलचित्रमा धेरैको मेहेनत छ । तसर्थ, सबै मिलेर चलचित्र रिलिज हुने बाताबरण बनाई सबैको रकम चलचित्र प्रदर्शनपछि प्राप्त हुने गरि गरिदिन हुन सबै सरोकारवाला संघ संस्था, व्यक्तिमा आग्रह गर्दछु’,उनी थप्छन् ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् भने चलचित्रको कथा सुशिल पौडेलले लेखेका हुन् ।

यसअघि पाण्डेले थापाविरुद्ध चलचित्र विकास बोर्डमा पनि उजुरी दिएका थिए । उनले चलचित्रको सेन्सर रोक्न माग गरेका छन् । प्रसाद २ आगामी शुक्रबारबाट रिलिज हुने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य