२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘नाईँ नभन्नू ल ६’ को डान्सिङ गीत ‘तलाउमा ढुंगा नहान’ सार्वजनिक

२१ चैत्र २०७९, मंगलवार ११:४०

चैत २१, काठमाडौँ | रिलिजको संघारमा रहेको फिल्म ‘नाईँ नभन्नू ल ६’ले तेस्रो गीत सार्वजनिक गरेको छ । ‘तलाउमा ढुंगा नहान’ बोलको गीत डान्सिङ शैलीको छ । गीतमा फिल्मका मुख्य कलाकार आशिर्वाद क्षेत्री र आँचलले नृत्य गरेका छन् ।

मेलिना राई र राजनराज सिवाकोटीको स्वर रहेको गीतमा वसन्त सापकोटाले संगीत दिएका छन् । रचनाकार पनि सापकोटा स्वयं हुन् । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।यसअघि निर्माण टिमले ‘दिउँला माया’ र शीर्ष गीत सार्वजनिक गरेका थिए । 

विकाश आचार्यको निर्देशन रहेको फिल्म वैशाख १ मा सार्वजनिक प्रदर्शन हुँदैछ । फिल्मलाई झापा, इलामका रमणीय ठाउँमा सुटिङ गरिएको छ । फिल्मको केही भाग काठमाडौँमा सुटिङ गरिएको हो ।आशिवार्द र आँचलबाहेक फिल्ममा प्रियंका कार्की, सरोज खनाल, अथर्व लुइँटेल, एभलिना खड्का आदिको अभिनय रहेको छ । फिल्ममा अनुभव रेग्मी अतिथि भूमिकामा रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…