२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

भक्तपुरमा आजदेखि औद्योगिक तथा पर्यटन महोत्सव सुरु

२३ चैत्र २०७९, बिहीबार ०३:४५

चैत २३, भक्तपुर | नयाँ वर्ष २०८० तथा बिस्केट जात्राको अवसरमा भक्तपुरमा आजदेखि ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज व्याण्डकोे आयोजना एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा सल्लाघारीस्थित नेपाल ट्रष्टको जग्गामा महोत्सव आयोजना गरिएको हो । 

भक्तपुर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी महोत्वस आयोजना गरिएको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, मोबाइल, सवारी साधनलगायतका कक्ष रहेका छन् । सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । 

अध्यक्ष महतका अनुसार महोत्सवमा करिब पाँच लाख उपभोक्ताले अवलोकन गर्ने तथा रु १० करोडदेखि रु १२ करोडसम्मको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवका संयोजक एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाका अनुसार महोत्सवमा दुई सय कक्ष रहेका छन् । “घरायसी सम्पूर्ण सामान एकै ठाउँबाट सस्तो र सुलभरुपमा उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गरेका हाँै”, उहाँले भन्नुभयो । एघार दिनसम्म चल्ने महोत्सवमा विभिन्न कलाकारको साङ्गीतिक प्रस्तुति रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…