२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

फिल्म ‘प्रसाद २’ को प्रदर्शन रोक्ने आदेशविरुद्धको रिट उच्च अदालतबाट खारेज

२३ चैत्र २०७९, बिहीबार १२:२७

चैत २३, काठमाडौँ | फिल्म ‘प्रसाद २’को प्रदर्शन रोक्ने अल्पकालीन आदेशविरुद्धको रिटलाई उच्च अदालत पाटनले खारेज गरेको छ । उक्त आदेश खारेज गर्न माग गर्दै निर्माण साझेदार कम्पनी एसजी फिल्मले दायर गरेको रिटमा बिहीबार बहस भएको थियो ।

न्यायाधीशद्वय राजेन्द्र खरेल र दुर्गाबहादुर विश्वकर्माको संयुक्त इजलासले आगामी आइतबार दुवै पक्षलाई छलफलमा बोलाउने यसअघिकै आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो । निवेदकको तर्फबाट बिहीबार भीमार्जुन आचार्य र ताराकुमार श्रेष्ठले बहस गरेका थिए ।

अदालतको आदेशलाई चुनौती दिंदै दायर रिट खारेज भएपछि शुक्रबार हुने भनिएको फिल्म प्रदर्शन रोकिने निश्चित भएको छ । अन्तरिम आदेशलाई खारेज गरिपाऊँ भन्दै एसजी फिल्मको तर्फबाट राजु श्रेष्ठ र सुदर्शन बस्नेतले निवेदन दिएका थिए । उनीहरुले निर्मातामध्येका एक केशव पाण्डेलाई विपक्षी बनाएका थिए ।

एसजी फिल्मका तर्फबाट बहस गरेका कानुन व्यवसायी श्रेष्ठले मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशलाई निरन्तरता दिने वा खारेज गर्ने (प्रदर्शन फुकुवा हुने) टुंगो आइतबार नै लाग्ने बताए । निर्माता पाण्डेले सेन्सर नगर्न आग्रह गर्दै दिएको निवेदन चलचित्र विकास बोर्डले दर्ता नगरेपछि उनी अदालत पुगेका थिए । पाण्डेले बोर्ड, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सेन्सर बोर्डसहित ९ जनालाई विपक्षी बनाउँदै मुद्दा हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…