२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

टीकापुर साहित्य महोत्सव शनिबारदेखि शुरु हुदै

२४ चैत्र २०७९, शुक्रबार ०३:४४

चैत २४, कैलाली | कैलालीको टीकापुरमा पहिलो पटक शनिबारदेखि ‘टीकापुर साहित्य महोत्सव’हुदैछ । टीकापुर साहित्य समाज उक्त महोत्सव आयोजना गरेको हो । 

टीकापुरस्थित सिद्धार्थ होटलमा तीन दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायत २० सत्रमा छलफल हुने छ । छलफलमा सहभागी हुने सहजकर्ता र वहसकर्ताको टुङ्गो लागिसकेको टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी दिनुभयो । 

महोत्सवको उद्घाटन सत्रमा लेखक तथा विश्लेषक सिके लालको ‘सामाजिक सद्भाव’ विषयमा प्रस्तुती रहनेछ । टीकापुर साहित्य महोत्सव हरेक वर्ष  गरिने अध्यक्ष शाह बताउनुहुन्छ । महोत्सवमा देशभरका चर्चित साहित्यकार, लेखक, पत्रकारलगायत सहभागी हुनेछन् । 

महोत्सवको उद्घाटन सत्रमा तीन विधामा पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । रु एक लाख राशिको ‘खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार, २०७८’ थोमस वर्गिज र मेरी वर्गिजलाई प्रदान गरिने छ । उक्त पुरस्कार टीकापुर योजनाबद्ध सहरका परिकल्पनाकार पूर्व मन्त्री स्व खड्गबहादुर सिंहको सम्झानामा स्थापना गरिएको हो । वर्गिज दम्पतीले टीकापुरमा आवासीय विद्यालय (हाल वीरेन्द्र विद्या मन्दिर मावि) स्थापना गरी यहाँको शैक्षिक क्षेत्रमा योगदान दिनुभएको थियो । 

यस्तै रु ५० हजार राशिको ‘टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार’ गायिका अनु चौधरीलाई प्रदान गरिने छ । सुदूरपश्चिमका प्रतिभालाई प्रदान गरिने यो पुरस्कार नेपाली, खस र थारु भाषामा गीत गाएर भाषा र कलाको उन्नयन तथा प्रवद्र्धन गरेकाले उहाँलाई प्रदान गर्न लागिएको हो । यस्तै रु २५ हजार राशिको ‘टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार’ टीकापुर उच्च माविबाट उत्कृष्ट नतिजा ल्याउनुभएका गणेश बाबा बोर्डिङ स्कुलका छात्र प्रवेश रावललाई दिइने भएको छ । 

स्थानीय साहित्यकार कान्तिप्रसाद ज्ञवालीले टीकापुरलाई चिनाउने कार्यक्रम आयोजना गरिएकामा खुसी व्यक्त गर्नुभयो । साहित्यमार्फत सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले साहित्य कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने बताइएको छ । चिसापानीदेखि टीकापुर उद्यानसम्म कर्णाली नदीमा -याफ्टिङको व्यवस्थासमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…