२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

२६ चैत्र २०७९, आईतवार ०५:०७

चैत २६, काठमाडौँ | समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित हुनुहुन्छ । विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन् ।  गीति क्यासेटको युगमा स्थापित समूह ‘सिडी प्लेयर’ हुँदै डिभाइसमा समेटिएको सङ्गीत बजारको उतार–चढावले पारेको प्रभावमा अपवाद रहेन । ‘क्यासेट’ युगको पटाक्षेपसँगै लाखापाखा लागेको मङ्गोलियन हार्ट पाँच वर्ष अगाडिदेखि पुनः सक्रिय छ । उही र उस्तै शैलीमा समूहसँगै गायक लामा समेत ‘स्पटलाइट’मा चम्किनुभएको छ ।

साङ्गीतिक भाषामा ‘ब्याण्ड’ भनिने मङ्गोलियन हार्टले स्वदेशसँगै विदेशमा समेत कार्यक्रमलाई तीव्रता दिएको छ । स्थापना भएको ३० वर्ष पुगेको उपलक्ष्यमा अष्ट्रेलियामा यात्राको आयोजना गरिएकोे गायक लामाले जानकारी दिनुभयो । “हामी पुराना सम्बन्ध नवीकरण गरिरहेका छौँ र उत्साहित पनि छौँ । केही समय अलमल भए पनि हामी लयमा फर्किएका छौँ”, उहाँले भन्नुभयो । लोक, स्लोरक, पप मेलोडी सङ्गीतका लागि प्रिय मानिने समूहमा रिदम गितारमा बबि लामा, ड्रममा सन्तोष थापामगर, लिडगितारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन हुनुहुन्छ । 

 यही चैत २७ मा अष्ट्रेलियाको मेलवर्नबाट सुरु हुने समूहका व्यवस्थापक बबि लामाले जानकारी दिनुभयो । यो समूहको ‘बाँदलपारिको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ गीत लोकप्रिय छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…