२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘प्रसाद २’ को प्रदर्शन रोक्ने आदेश उच्च अदालतद्वारा खारेज

२०७९, २७ चैत्र सोमबार १२:२९

चैत २७, काठमाडौँ | पाटन उच्च अदालतले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्ने अन्तरिम आदेश दिनु नपर्ने आदेश दिएको छ । उच्च अदालतको यस आदेशसँगै फिल्म प्रदर्शनको बाटो खुलेको छ ।

आदेशमा ‘प्रसाद २’ फिल्म निर्माण गर्ने इजाजत सुवास थापाले प्राप्त नगरेर सुलभ प्रोडक्सन प्रालिले प्राप्त गरेकाले निवेदक केशव पाण्डे र सुलभ थापा प्रोडक्सन प्रालिबीच छुट्टै कानूनी उपचारमा जान सक्ने जनाइएको छ ।

‘निर्माण भइसकेको चलचित्र रोक्नु सुविधा सन्तुलनको दृष्टिले पनि उपयुक्त नदेखिएकाले निवेदन माग बमोजिम अन्तिरिम आदेश जारी गरिरहनुपर्ने देखिएन’, आदेशमा भनिएको छ ।

‘प्रसाद-२’का निर्माता सुवास थापाविरुद्ध अर्का तिर्माता केशव पाण्डेले फिल्म प्रदर्शन रोक्न उच्च अदालतमा रिट दायर गरेका थिए । यसपछि फिल्मको प्रदर्शन रोक्नलाई अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

तर, दुवै पक्षलाई बोलाइएको आजको छलफलमा भने अन्तरिम आदेश जारी गरिरहनु नपर्ने आदेश सुनाइएको हो । पाण्डेले आफ्नो ६२ लाख ५० हजार लगानी भएको र फिलमको ९० प्रतिशत स्वामित्व रहेकाले फिल्म प्रदर्शन रोकिपाऊँ भनी रिट निवेदन दिएका थिए । गत २४ गते प्रदर्शन हुनुपर्ने फिल्म अदालतको अन्तरिम आदेशपछि रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति