२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘प्रसाद २’ को प्रदर्शन रोक्ने आदेश उच्च अदालतद्वारा खारेज

२७ चैत्र २०७९, सोमबार १२:२९

चैत २७, काठमाडौँ | पाटन उच्च अदालतले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्ने अन्तरिम आदेश दिनु नपर्ने आदेश दिएको छ । उच्च अदालतको यस आदेशसँगै फिल्म प्रदर्शनको बाटो खुलेको छ ।

आदेशमा ‘प्रसाद २’ फिल्म निर्माण गर्ने इजाजत सुवास थापाले प्राप्त नगरेर सुलभ प्रोडक्सन प्रालिले प्राप्त गरेकाले निवेदक केशव पाण्डे र सुलभ थापा प्रोडक्सन प्रालिबीच छुट्टै कानूनी उपचारमा जान सक्ने जनाइएको छ ।

‘निर्माण भइसकेको चलचित्र रोक्नु सुविधा सन्तुलनको दृष्टिले पनि उपयुक्त नदेखिएकाले निवेदन माग बमोजिम अन्तिरिम आदेश जारी गरिरहनुपर्ने देखिएन’, आदेशमा भनिएको छ ।

‘प्रसाद-२’का निर्माता सुवास थापाविरुद्ध अर्का तिर्माता केशव पाण्डेले फिल्म प्रदर्शन रोक्न उच्च अदालतमा रिट दायर गरेका थिए । यसपछि फिल्मको प्रदर्शन रोक्नलाई अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

तर, दुवै पक्षलाई बोलाइएको आजको छलफलमा भने अन्तरिम आदेश जारी गरिरहनु नपर्ने आदेश सुनाइएको हो । पाण्डेले आफ्नो ६२ लाख ५० हजार लगानी भएको र फिलमको ९० प्रतिशत स्वामित्व रहेकाले फिल्म प्रदर्शन रोकिपाऊँ भनी रिट निवेदन दिएका थिए । गत २४ गते प्रदर्शन हुनुपर्ने फिल्म अदालतको अन्तरिम आदेशपछि रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…