चैत २८, काठमाडौँ | चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरुको आधिकारिक कमाइ सार्वजनिक गरेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २८, काठमाडौँ | चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरुको आधिकारिक कमाइ सार्वजनिक गरेको छ । 

२८ पुष २०८२, सोमबार
मनोरञ्जन

यसवर्ष १३२ फिल्म रिलिज : कबड्डी ४’ को कलेक्सन २२ करोड, अन्य फिल्मले कति कमाए? (सूचीसहित)

२८ चैत्र २०७९, मंगलवार ०८:३२

चैत २८, काठमाडौँ | चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरुको आधिकारिक कमाइ सार्वजनिक गरेको छ । 

बोर्डले उपलब्ध गराएको विवरणअनुसार यस वर्ष नेपालमा नेपालीसहित १३२ वटा फिल्म रिलिज भएको बोर्डले जनाएको छ ।  विवरणअनुसार २१ करोड ३८ लाख रुपैयाँ ग्रस कमाउँदै ‘कबड्डी ४’ धेरै कमाउने नेपाली फिल्म बनेको छ । जेठमा प्रदर्शनमा आएको ‘कबड्डी ४’ फिल्मको ७ लाख ६६ हजार टिकट बिक्री भएको जनाइएको छ । 

त्यस्तै, दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्ममा ‘छक्कापञ्जा ४’ छ । फागुन तेस्रो साताबाट प्रदर्शनमा आएको फिल्मले १६ करोड ९४ लाख रुपैयाँ कलेक्सन गरेको बोर्डले जनाएको छ । 

त्यस्तै, तेस्रो सर्वाधिक कमाइ गर्ने नेपाली फिल्ममा ‘प्रेम गीत ३’ छ । असोजमा प्रदर्शनमा आएको यो फिल्मको नेपाली संस्करणले ७ करोड ७० लाख र हिन्दी संस्करणले २ करोड २७ लाख रुपैयाँ नेपालमा कलेक्सन गरेका छन् । 

त्यस्तै, कात्तिक दोस्रो साताबाट प्रदर्शनमा आएको ‘महापुरुष’ले ७ करोड ३८ लाख, असोज तेस्रो साताबाट प्रदर्शनमा आएको ‘२ नम्बरी’ले  ३ करोड ८४ लाख, फागुन पहिलो साताबाट प्रदर्शनमा आएको ‘फूलवारी’ले ३ करोड ५२ लाख ग्रस कलेक्सन गरेको बोर्डले जनाएको छ । 

यसैगरी भदौंमा रिलिज भएको ‘झिंगेदाउ’ले ३ करोड ४१ लाख, वैशाखमा प्रदर्शनमा आएको ‘ए मेरो हजुर ४’ले ३ करोड ३८ लाख, कात्तिक पहिलो साताबाट प्रदर्शनमा आएको ‘के घर के डेरा’ले २ करोड ६५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको विकास बोर्डको तथ्यांकमा उल्लेख छ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…