चैत २९, काठमाडौँ | कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी आएपछि फिल्म क्षेत्रमा जताततै लफडै लफडा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २९, काठमाडौँ | कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी आएपछि फिल्म क्षेत्रमा जताततै लफडै लफडा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक प"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

भुवन केसीप्रति दीपकराज गिरीको आक्रोश– ‘यो अध्यक्ष आएदेखि जताततै लफडै लफडा’

२९ चैत्र २०७९, बुधबार ०५:४७

चैत २९, काठमाडौँ | कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी आएपछि फिल्म क्षेत्रमा जताततै लफडै लफडा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्नो फिल्मको बक्स अफिस रिपोर्ट गलत सार्वजनिक गरेको भन्दै आक्रोश पोखेका हुन् । बोर्डले सार्वजनिक गरेको फिल्मको आम्दानी रिपोर्ट समेत गलत रहेको धारणा उनको छ ।

उनले लेखेका छन्, ‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा.. ।’ बोर्डले बर्ष २०७९ को  स्वदेशी र विदेशी गरेर १३२ फिल्मको सूचि हिजो मङ्गलवार सार्वजनिक गरेको थियो । जसमा वर्षभरिमा धेरै कमाउने फिल्मको पहिलो नम्बर ‘कबड्डी ४’ देखिएको छ । फिल्मले २१ करोड ३८ लाख रुपैयाँ ग्रस कमाएको रिपोटमा उल्लेख छ । फिल्मको टिकट ७ लाख ६६ हजार बिक्री भएको जनाइएको छ ।

दोस्रो नम्बरमा कन्नड फिल्म ‘केजीएफ २’ परेको छ । फिल्मले १९ करोड २९ लाख रुपैयाँ कमाएको छ । यो फिल्मको टिकट ६ लाख ७७ हजार ६ सय ९९ बिक्री भएको रिपोर्टमा उल्लेख छ । त्यस्तै तेस्रोमा नम्बरमा अहिले प्रदर्शनरत फिल्म ‘छक्कापञ्जा ४’ परेको छ । फिल्मले अहिलेसम्म १६ करोड ९४ लाख रुपैयाँ कमाइ गरेको बोर्डको रिपोर्टमा उल्लेख छ । फिल्मको टिकट अहिलेसम्म ६ लाख ८ हजार ४ सय २ बिक्री भएको रिपोर्टमा जनाइएको छ । यही रिपोर्ट गलत भएको दीपकराज गिरीको भनाई रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…