२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

देशभरका हलमा आक्रामक ‘जारी’, डेढ करोडभन्दा बढी ओपनिङको प्रक्षेपण

१ बैशाख २०८०, शुक्रबार ०८:१९

बैशाख १, काठमाडौँ | नयाँवर्षको अवसर पारेर रिलिज भएको दयाहाङ राई स्टारर फिल्म ‘जारी’ले आक्रामक अकुपेन्सीसहित ओपनिङ गर्ने संकेत देखिएको छ । शुक्रबार देशभरका हल लगभग शतप्रतिशत भरिएका छन् । मध्यान्ह १२ बजेसम्मको विवरणअनुसार कुल शोमध्ये ७० प्रतिशत सोल्डआउट भइसकेका छन् । ‘विन्डो सेल’को आधारमा बेलुकासम्म बाँकी पनि शतप्रतिशत हुने देखिएको छ ।

उपेन्द्र सुब्बा निर्देशित ‘जारी’मा दयाहाङ, मिरुना मगर र विजय बरालको शीर्ष भूमिका छ । फिल्मले पूर्वी नेपालको लिम्बू समुदायमा विद्यमान जारी प्रथा, विवाह संस्कृति र पारिवारिक कथावस्तु पेश गर्छ । अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्म्सले निर्माण गरेको यो फिल्मले मौलिक सांस्कृतिक कथावस्तुमा सरल र रमाइलो कथा भन्छ ।


दुई घण्टा लामो फिल्मले घरेलु बक्स अफिसमा डेढ करोड रुपैयाँ हाराहारीमा ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । शनिबार पनि आक्रामक कमाइ हुने स्पष्ट देखिएको छ । पूर्वी नेपालका सहरमा पहिलो सप्ताहन्तसम्मै सबै शो बिक्री भइसकेका छन् । धरानमा राति ११ बजेको शो राखिएको छ । पूर्वी नेपालका केही सहरमा हल हाउसफुल भएपछि अर्को सहरमा पुगेर फिल्म हेरेको केही दर्शकले बताएका छन् ।

काठमाडौं, पोखरा, बुटवल, नारायणगढ, नेपालगञ्जसहितका ठूला सहरमा समेत फिल्मको अकुपेन्सी आक्रामक देखिएको निर्माताले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा यो फिल्म नेपाल रिलिज लगत्तै प्रदर्शनको तयारी भइरहेको छ । रिलिजको पूर्वसन्ध्यामा बिग मुभिजमा आयोजित प्रिमियर समारोहमा कास्ट एण्ड क्रिउ, सेलिब्रिटी लगायत उपस्थित रहे ।

दयाहाङकै अर्को फिल्म ‘बिहेपास’ पनि शुक्रबार नै प्रदर्शनमा आएको छ । विवाह र पारिवारिक कथावस्तुमा बनेको यो फिल्ममा दयाहाङसहित प्रकृति श्रेष्ठ पनि देखिएकी छन् । बिहेका लागि शीर्ष पात्रले गर्ने संघर्ष वरपर फिल्म घुमेको छ । प्रवेश पौडेल निर्देशित फिल्मले सन्तोषजनक ओपनिङ गर्ने देखिएको छ । ‘जारी’को ओपनिङको फाइदा ‘बिहेपास’लाई हुने अनुमान छ ।

सुरक्षा पन्त स्टारर ‘बुलाकी’ पनि शुक्रबारदेखि रिलिज भएको छ । लक्ष्मण सुनार निर्देशित यो फिल्ममा सुरक्षासहित नरेन खड्काको शीर्ष भूमिका छ । दुई घण्टा लामो यो फिल्मले कर्णालीकी एक महिला निःसन्तान हुँदा प्राप्त गरेको कष्ट र उनले गर्ने संघर्षको कथावस्तुमा फिल्म बनेको छ । मध्यान्हसम्म ‘बुलाकी’को ओपनिङ अकुपेन्सी निकै कमजोर देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…