२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

फिल्म ‘जारी’ पाइरेसी भएपछि साइबर ब्युरोमा उजुरी

३ बैशाख २०८०, आईतवार ०७:३१

बैशाख ३, काठमाडौँ | दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म 'जारी' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। 

फिल्मले राम्रो व्यापार गरिरहँदा टिकटकमा फिल्मको क्लिपहरू छ्यापछ्याप्ती भेटिएका छन्। यसैक्रममा निर्माण टिमले सामाजिक सञ्जालबाट फिल्मको पाइरेसी भइरहेको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

फिल्मका निर्माता मणिराम पोखरेलले आइतबार नेपाल प्रहरी साइबर ब्युरोमा उजुरी दिंदै फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्राम अकाउन्टको अनुसन्धान गर्न माग गरेका छन्। 

विभिन्न व्यक्तिहरूले फिल्म हलबाट खिचेर सामाजिक सञ्जालमार्फत पोस्ट गर्दा निर्माण टिमलाई आर्थिक नोक्सानी भएको उक्त उजुरीमा उल्लेख छ। यो फिल्म गतशुक्रबारदेखि प्रदर्शन भइरहेको छ। 

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्। 

बासुरी फिल्म्स ब्यानरकाे फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…